default_image

9 years ago

July 17, 2016

बेलायतमा नेपाली क्रिकेट टोलीको निरन्तर जित, चार खेलाडीको अर्धशतक

571 views

0 Bookmark

बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार भएको अभ्यास खेलमा जित हात पार्दै लगातार चौथो  विजय हासिल गरेको छ ।

Nepali Cricket fans

इस्टबोर्न क्रीकेट क्लबलाई १८१ रनले जित्दै हराउँदै नेपाली टोलीले चौथो जित आत्मसात गरेको छ । पहिलो ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ३ विकेट गुमाउदै ३०० रन जोडेको थियो । नेपालकोलागी बिनोद भण्डारीले सर्वाधिक ७७ रन जोडे भने राजु रिजाल ६६ रनमा अभिजित रहे, त्यस्तै अनिल मण्डलले ७३ रन र शरद भेस्वकरले ६० रनको योगदान दिए ।

३०१ रनको लक्ष्य पछ्याएको इस्टबोर्न क्रीकेट क्लब ३५ ओभरमा सम्पुर्ण विकेट गुमाउदै ११९ रनमा सिमित रह्यो ।

नेपालकोलागी सोमपलले ३ विकेट लिए भने, बषन्त रेग्मी र सागर पुनले समान २-२ विकेट लिए, त्यस्तै शक्ती गौचन र बिक्रम सोबको नाम मा १-१ विकेट पर्‍यो।

नेपालले पहिलो खेलमा फ्री फरेस्टर क्लबलाई ४० ओभरको खेलमा १ सय २० रनले हराएको थियो भने बिहीबारको ट्वान्टी–२० खेलमा इन्डियन जिमखानामाथि २० रनको जित दर्ता गरेको थियो । त्यस्तै तेस्रो खेलमा क्लब क्रिकेट कन्फ्रेन्स (सिसिसी) लाई ४ विकेटले हराउँदै नेपाली टोलीले तेश्रो जित आत्मसात गरेको थियो ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.