9 years ago
July 28, 2016
१२ औं दक्षिण एसियाली खेलकुद सम्पन्न भएको झन्डै ६ महिना पछि सरकारले पदक विजेता खेलाडीलाई आज सम्मान गरेको छ । बालुवाटारस्थित निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले विजेता खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र पदक जितेका राष्ट्रिय संघलाई गरि झन्डै ४ करोड रुपैयाँ वितरण गरे ।

भारतको सिलोङ र गुहाटीमा फागुनको पहिलो साता सम्पन्न १२ औं सागमा सागमा नेपालले व्यक्तिगत र समूहगततर्फ गरि ३ स्वर्ण, २३ रजत र ३४ कास्य पदक जितेको थियो । राष्ट्रिय खेलकुद परिषदको कार्यविधि अनुसार सागमा व्यक्तिगततर्फ स्वर्ण जित्नेलाई ५ लाख रजतलाई ३ र कास्य जित्नेलाई २ लाख दिइनेछ । त्यस्तै टिममा स्वर्ण जित्ने टोलीका सदस्यलाई २ लाख, रजतलाई १ लाख ५० हजार र कास्य जित्नेलाई १ लाख रुपैयाँ दिने प्रावधान छ ।
स्वर्ण जिताउने प्रशिक्षकलाई ३ लाख सहायक प्रशिक्षकलाई १ लाख ५० हजार, रजत दिलाउने प्रशिक्षकलाई २ लाख र सहयाक प्रशिक्षकलाई १ लाख तथा कास्य दिलाउने प्रशिक्षकलाई १ लाख र सहायकलाई ५० हजार दिने कार्यविधिमा उल्लेख छ । त्यस्तै स्वर्ण जित्ने संघलाई ५ लाख, रजतलाई ३ लाख र कास्यलाई २ लाखबाट सम्मानित गरिएको छ ।
खेलाडीलाई बिहान ८ बजे बालुवाटार पुग्न खबर गरिएपनि प्रधानमन्त्री ओली भने झन्डै २ घण्टा ढिला कार्यक्रम स्थल पुगेका थिए । खेलाडीलाई सम्मानपछि उनले आफु पदमा रहदा वा नरहदा खेलाडीकै पक्षमा रहने बताएका थिए । सागमा २३ बर्षपछि स्वर्ण पदक जितेको नेपाली टोलीलाई राखेपको कार्यविधिमा भएभन्दा बढी जनही ५ लाख दिने घोषणा गरिएको थियो । तर, कार्यक्रममा भने अहिले अन्य टोलीलाई जस्तै जनही २ लाख रुपैयाँ वितरण गरियो । राखेप सदस्य सचिव केशवकुमार विष्टले थप ३ लाख मन्त्रीपरिषद्बाट निर्णय गराएर दिने जानकारी दिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]