default_image

9 years ago

July 28, 2016

नेपाली क्रिकेट विवाद अझै लम्बिने संकेत

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेटको विवाद तत्काल समाधान हुने कुनै संकेत देखा परेको छैन । तीन महिनाअघि निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को विवाद झन पेचिलो बन्दै गएको छ ।
देश भित्र क्रिकेटका सरोकारवाला पक्ष मुख्यतः निर्वाचित क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) आ आफ्नो अडानमा टसको मस नगरेपछि विवाद झन लम्बिने संकेत देखिएको हो ।

13669602_10208557098757260_6090382142589737113_n
क्यानलाई निलम्बन गर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपालको पछिल्लो अवस्था बुझ्न तीन सदस्यीय प्रतिनिधि मण्डल काठमाडौं पठाएको छ । तीन दिनदेखि विभिन्न चरणमा छलफल भएपनि विवाद समाधानको उपाय देखिएको छैन ।
दुई दिनको अलग अलग भेटपछि बिहीबार प्रतिनिधि मण्डलले सरोकारवालासँग संयुक्त बैठक त गर्यो । तर विवाद समाधानको कुनै संकेत देखिएन ।
राखेप सदस्य सचिव निर्वाचित समितिले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिए विवाद समाधान हुने देख्छन् । तर निर्वाचित समिति मुद्दा फिर्ता लिदा आफ्नो लडाइ सकिने र राखेपको विश्वास गर्न नसकिने बताउँदै आएको छ ।
क्यानको साधारण सभाले मंसिरको २९ गते चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ समिति चयन गरेको थियो । तर, त्यो निर्वाचनलाई राखेपले मान्यता नदिएको मात्र होइन, उल्टो रमेश सिलवालको नेतृत्वमा क्यान पूर्नगठन गरेको थियो । आफुहरुमाथि अन्याय भएको र आफुहरुनै वैधानिक क्यान भएको भन्दै चन्द समितिले सरकार, युवा तथा खेलकुद मन्त्रालय, राखेपलगायत १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । क्यान वैद्यानिकताको टुंगो चाडो नलाग्ने संकेत देखिएपछि आइसीसीले वैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।
सधै निलम्बनमा राख्न सम्भव नहुने भएपछि पछिल्लो अवस्था बुझ्न आइसीसीले टोली पठाएको हो ।
तर, संयुक्त बैठकमा सबैले आ आफ्नो अडान राखेपछि अक्टुबरमा हुने आइसीसी बैठकले दुवैपक्ष विना अर्को समिति बनाउने सम्भावना बढेको सरोकारवालाहरु नै स्वीकार्छन् ।
‘मैले मुद्दा फिर्ता गर्नुपर्ने पुरानै अडान राखे । मुद्दा फिर्ता भए नयाँ ढंगबाट अघि बढ्न सकिन्छ,’ राखेप सदस्य सचिव केशवकुमार विष्टले भने,‘तर चन्द जीहरु तयार हुनु भएन । हामीले विवाद समाधानको उपाय दिन सकेनौं भने आइसिसीले आफ्नो ढंगले अघि बढ्ने सम्भावना छ ।’
आइसिसीका फाइनान्स मेनेजर अमर शेख, लिगल सेक्सनका चिफ पाउल म्याकमोहन र एसियन डेभलपमेन्ट मेनेजर बन्दुला वार्नापुरा रहेको टोली सदस्य सचिव, सिलवाल र अन्यसँगको छलफलपछि निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले भने, ‘ सबै आ आफ्नो अडानमा रह्यो । निलम्बनपछिको अवस्थामा कुनै परिवर्तन भएको छैन । राखेप मुद्दा फिर्ता लिन भन्छ । हामी विश्वासिलो वातावरण नदेखि फिर्ता लिन चाहन्नौं ।’
आइसीसीले विवादलाई छोडेर नयाँ ढंगले अघि बढ्ने उपाय के हुन सक्छ भन्नेमा बढी चासो राखेपनि त्यस्तो माहोल बन्न नसकेको प्याकुरेलले स्वीकारे । ‘ आइसिसीले अब लामो समय यसरी जान्न सकिन्न भन्ने प्रष्ट संकेत गरेको छ’ उनले भने,‘नेपालको अवस्थामा परिवर्तन आएन भने आइसिसीले नयाँ टिम बनाएर काम गर्न सक्छ । ’
तदर्थ समितिका अध्यक्ष सिलवालले भने,‘आइसिसीले दुवै पक्षमध्ये कुनै लाई मान्यता नदिएकोले समास्या बढेको छ । सिलवालले आइसिसीले नयाँ कदमका रुपमा नयाँ विधान बनाउन र निर्वाचन गर्नका लागि वर्किङ कमिटी बनाउने संकेत गरे । संयुक्त बैठकमा आइसिसीले नेपाल संयोजनको जिम्मेवारी दिएकी निलम्बित क्यानकी पूर्व सिइओ भावना घिमिरे पनि सहभागी थिइन् ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.