9 years ago
August 2, 2016
काठमाडौं (हाम्रो खेलकुद )– नेपाली पौडी खेलाडी गौरिका सिंह रियो ओलम्पिकको सबै भन्दा कान्छी खेलाडी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शुक्रबारबाट १० हजार बढी खेलाडीको सहभागिता ब्राजिलमा सुरु हुने रियो ओलम्पिकमा १३ बर्षकी उनी सबै भन्दा कान्छी खेलाडीका रुपमा रहेको उल्लेख गरिएकोछ ।

१२ औं सागमा जितेका चार पदक देखाउँदै पौडी खेलाडी गौरिका सिंह ।
गौरिकाले ओलम्पिकमा आइतबार १ सय मिटर ब्याक स्ट्रोकको हिट्समा प्रतिस्पर्धा गर्नेछिन् । त्यही दिन उनी १३ बर्ष २ सय ५५ दिन पुरा हुने छिन् । रोयटर्ससँग कुरा गर्दै उनले पहिलो पटक सुन्दा विश्वास गर्न गाह्रो भएको बताएकी छिन् । ‘मेरो उमेर सानो छ । तर म नै सबैभन्दा सानो छु भन्दा विश्वास लागेको थिएन,’ दुई बर्षको उमेरदेखि बेलायत वसोवास गर्दै आएकी गौरिकालाई उद्दृृत गर्दै रोयटर्सले उल्लेख गरेको छ, ‘ मैले महिना दिन अगाडी थाहा पाउँदा अचम्म लागेको थियो ।’ आफ्नो रियो ओलम्पिकको सबैभन्दा कान्छी खेलाडी भएमा गर्व गर्दै गौरिकाका पिता पारसले भने,‘ उनी विशेष छिन् । उनी रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी भन्दा विश्वास गर्ने गा¥हो लागि रहेको छ । अब उनले ओलम्पिकको दबाब कसरी खेप्छिन् त्यो हेर्नुछ ।’
रियो ओलम्पिक न्युज सर्भिसका खेलकुद संवाददाता इयान चान्दबन्दले नेपाली टोलीको तयारी समितिका संयोजक निरलेन्द्रराज श्रेष्ठ नेपालमै हुँदा इमेलमार्फत गौरिका यसपटक ओलम्पिकको सबैभन्दा कम उमेरकी खेलाडी हुन सक्ने अनुमान गरेका थिए । गौरिकाले ६ महिनाअघि १२ औं सागमा नेपालाई एक रजतसहित ४ कास्य पदक जितेकी थिइन् । सागमा नेपाललाई व्यक्तिगत पदक दिलाउने गौरिका पहिलो खेलाडी हुन् । उनले दुइ सय मिटर इन्डिभिजुअल मिड्लेमा रजत, ५०, १ सय र २ सय मिटर ब्याक स्ट्रोकमा कास्य जितेकी थिइन् । पौडीका गौरिका र शीरिष गुरुङ तथा एथलेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई युनिभर्सियालिटी प्लेससका आधारमा रियो पुगेका हुन् । त्यस्तै जुडोकी फुपुल्हामु खत्री, तेक्वान्दोकी निशा रावल र आर्चरीका जीतबहादुर मोक्तानले वाइल्र्ड कार्डमार्फत सहभागिता जनाउँदैछन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]