9 years ago
August 16, 2016
राष्ट्रिय खेलकुद परिषद्ले नवनियुक्त युवा तथा खेलकुद मन्त्री दलजीत बिक श्रीपालीलाई मंगलवार स्वागत गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष समेत रहेका मन्त्री श्रीपालीले खेलकुदको बिकासका लागि एकता अपरिहार्य भएकोले सहकार्यबाट नयाँ सन्देश दिने बताउनु भयो । वहाले भन्नु भयो–हामी दुवै बेग्लै राजनीतिक पृष्टबाट आएका हौं,हामी सचेत छौं खेलकुदमा राजनीतिकरण हुन दिने छैनऊ । मन्त्री श्रीपालीले आफु खेलकुदको वरिपरि हुर्किएको स्मरण गराउदै भन्नु भयो–बिगत खेलकुद अप्यारोमा परेको थियो,म सदस्य–सचिवलाई अप्यारोमा पार्ने छौन् । बरु केशव बिष्ट सदस्य–सचिव भएको बास्तविक बोध मेरो कार्यकालले दिनेछ । मन्त्री श्रीपालीले कर्मचारी प्रति संकेत गदै भन्नु भयो– नेतृत्व पुर्वाग्राही हुने छैन् , खेलकुदको मेरुडण्ड कर्मचारी हुन,कामको ठिक–ठिक ढंगले मूल्याङक हुनेछ । हामी स्वार्थमा केन्द्रित भएर होईन् बिकास प्रेमी भएर कार्य गरौ,नयाँ दिन सकिन्छ । वहाले थप्नु भयो– म पद्धती र ऐन–कानुन अनुसनर कार्य गर्ने छु , खेलकुदका कार्यहरु राष्ट्रिय खेलकद परिषद् मार्फत नै मन्त्रालय आउने छ । पूर्ण अधिकार सदस्य–सचिवमा छ ,म रेफ्रिको भूमिकामा रहने छु ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले सफल कार्यकालको शुभकामना ब्यक्त गदै भन्नु भयो–खेलाडिको आशा–भरोषाको पबित्र स्थल खेल क्षेत्रले पूर्व खेलाडिलाई मन्त्री पाउदा हर्षित भएको छ । यहाँको कार्यकालले खेलकुदले थप उचाई प्राप्त गर्ने कुरामा म बिश्वस्त छु । मैले खेलकुदमा स्वर्णिम काल ल्याउने प्रतिवद्धता ब्यक्त गरेको छु । सदस्य–सचिव बिष्टले थप्नु भयोे–हाम्रो उद्देश्य एक भएकाले यहाको आगमनले गन्तब्य सरल बन्ने छ । स्वगत कार्यक्रममा मन्त्रालयका सचिव सह–सचिव,राष्ट्रिय संघका अध्यक्ष,कर्मचारी तथा खेल प्रेमी महानुभवको बाक्लो उपस्थिति रहेको थियो ।
मन्त्री श्रीपाली अन्तरक्रियामा
राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुद मन्त्री दलजीत बिक श्रीपालीले सातौ राष्ट्रिय खेलकुदको तयारीको बारेमा जानकारी लिनु भयो । वहाले पूर्वाञ्चलमा मंसिर ८ देखि १५ सम्म हुने प्रतियोगिता तोकिएको समयमा सम्पन्न गर्न के–कस्ता समस्यहरु रहेको जानकारी लिनु भयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशबकुमार बिष्टले बिगत खेल स्थकित हुदा एउटा पुस्तालाई ठुलो अन्याय परेको कुरा बताउनु भयो । वहाले च्याम्पियान बन्ने उद्देश्यले तयारी गरेका खेलाडिले ६ बर्ष प्रतियोगिता नहुदा खाडी मुलुकमा रोज गारिका लागि जानु परेको बताउनु भयो । सदस्य–सचिव बिष्टले राखेप मंसिर ८ देखि १५ सम्म सातौ राष्ट्रिय खेलकुद गर्ने एक सुत्रिय अर्जुन दृष्टि लिएर तयारीमा जुटेको बताउनु भयो । राखेप बरिष्ट अधिकृत कमल खनालले सातौ राष्ट्रिय खेलकुदमा आवाश्यक पर्ने बजेट खेलाडि संख्यालगायको जानकरी गराउनु भयो । बरिष्ट अधिकृत कुलबहादुर थापाले समारोह सम्वन्धी क्रियाकलापका बारेमा जानकारी गराउनु भयो । राखेप तालिप तथा प्रशिक्षण बिभागका प्रमुख नबिन उप्रेतीले प्राबिधिक पक्षको जानकारी गराउनु भयो । राखेप बिभागिय प्रमुख मधुसुदन बस्नेतले प्रशासनका पक्षमा जानकारी गराउनु भएको थियो । सो अवसरमा राखेप सदस्य,मन्त्रालय सहसचिव तथा बिभिन्न खेलका मुख्य प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]