9 years ago
September 2, 2016
पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबलाई हराउँदै न्यु डाइमन्ड एकेडेमी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । नवआदर्श सामुदायिक विकास समाजको आयोजना शुक्रबार लामाचौरमा भएको खेलमा साविक विजेता डायमन्डले आर्मीलाई २५–११,२५–१७ र २५–१५ले हराउँदै अन्तिम चार पुगेको हो । न्यु डाइमन्ड समूह कको विजेता र हारका वावजुद आर्मी समूहको उपविजेताका रुपमा अघि बढेको हो ।

सो समूहमा नेपाल पुलिस क्लब प्रतियोगिताको अन्तिम समयमा नआउने निर्णय गरेका कारण डायमन्ड र आर्मीले प्रतिस्पर्धा गरेको थिए ।
यसैगरी अर्को खेलमा एपिएफले मध्यपश्चिमको श्रीगाउको टोलीलाई २५–९, २५–१० र २५–१२ ले हरायो । शुक्रबार अन्तिम खेल भने वर्षाका कारण सकेन । एपिएफले पश्चिममाञ्चल विरुद्धको खेलमा २–० ले अग्रता लिइरहेको बेला वर्षाले खेल रोकिएको थियो ।
शनिबार बिहान पहिलो खेलमा एपिएफ र पश्चिमाञ्चलले खेल्नेछन् । हरितालिका तीज महोत्सव–२०७३ का अवसरमा संचालन हुने प्रतियोगिताको न्यु डायमण्डले उपाधिमा ह्याट्रीक गरिसकेको छ ।
डायमन्डका प्रशिक्षक कुमार राईले सुरुआत खेलमा टोलीले आफनो स्वभाविक खेल देखाउन नसकेको बताए ।
नेपाली कला, संस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले संस्थाको २० औं वार्षिकोत्सव अवसरमा भैरहेको प्रतियोतिामा नेपालको उत्कृष्ट टोलीले प्रतिस्पर्धा गरिरहेको छन । यसैगरी महोत्सवमा तीज नृत्य, गीत अन्य विविध कार्यक्रम भैरहेको छन् ।
प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ । तेस्रोले २० हजार र सान्त्वनालाई १५ हजार दिइनेछ । विधागतरुपमा वेष्ट प्लेयर, क्वीकर, लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र कोचलाई उपाधि दिइनेछ । भलिबल हेर्न झण्डै ४ हजार दर्शक अट्ने कृत्रिम प्याराफिट तयार पारिएको खेल संयोजक सुशीलकुमार श्रेष्ठले जनाए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्टले महोत्सव एवम भलिबल प्रतियोगिताको उद्घाटन गरे । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र आयोजक नव आर्दश सामुदायकि विकास समाजका अध्यक्ष धर्ममानसिंह भण्डारीले कार्यक्रम हरेक वर्ष भब्य बन्दै गएको बताए ।
सदस्य सचिव विष्टले नेपालले आयोजना गर्ने आगामी १३ औं साग खेलकुदको ६ खेलहरु पोखरामा गर्ने निर्णय भैसकेको जानकारी गराए ।
कैलास विकास बैकको मुख्य प्रायोजनमा हुने महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ । महोत्सवमा पशुपति शर्मा, टीका पुन, तुलसा जिसी, युवक खड्का, जीवन दाहाल, मंजु बिक, जमुना सोनम, रामजी पौडेल, सीता केसी, घनश्याम ढकाल, प्रकाश सपुत, निशा पोखरेल, सरस्वती लामिछाने, राजु ढकाललगायत कलाकारको प्रस्तुति रहनेछ । कैलास विकास बैंकको मुख्य प्रायोजनमा हुने महोत्सवमा करिब २५ लाख खर्च लाग्ने र ३० लाख संकलन गर्ने आयोजकको लक्ष्य लिएको अर्थ संयोजक बमबहादुर गुरुङले बताए । साँस्कृतिक तथा विविध विधा तथा खेलकुदमा गरी १ हजार जना प्रतिष्पर्धी र करिब १ लाख दर्शकको सहभागिता रहने आयोजकको अनुमान छ । बानियाँ स्टोर्स लामाचौर मुख्य सहयोगी रहेको महोत्सव प्रायोजकमा रेडबुल इनर्जी ड्रिङ्क्स, एकता बुक्स डिष्ट्रिव्यूटर्स, सहप्रायोजक चौधरी ग्रुप, कोकाकोला, वृज सिमेन्ट, सुमी डिष्ट्रिलरी प्रालि, गण्डकी आयाल मिलको कोशेली तेल, जयमनकामना सहकारी संस्था, लवकुश डेरी, एशियन थाइ फुड्स, दि युनाइटेड गोल्डमार्ट, आर–टेक प्रालि लामाचौर छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]