9 years ago
October 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पेचिलो बन्दै गएको नेपाली क्रिकेटको विवाद समाधान गर्न लागि भन्दै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) ले ६ सदस्यीय सल्लाकार समिति गठन गरेको छ । ६ सदस्यीय भनिएपनि समितिमा अहिले सम्म ४ जनाको मात्र नाम सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) माथि प्रतिबन्ध लगाएको आइसिसिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई एक पत्र लेख्दै समिति गठनको जानकारी दिएको राखेप सल्लाहकार रोहित दहालले बताएका छन् । समितिमा खेलकुद मन्त्रालयका सहसचिव चडामणि पौडेल, क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तान पवन अग्रवाल पूर्वकार्यवहाक अध्यक्ष दिपक कोइराला रहेका छन् । राखेपका एकजना प्रतिनिधि पनि समितिमा रहनेछन् । अर्का एक सदस्य सल्लाहकार समितिको बैठकबाट चयन गर्न सक्ने पत्रमा उल्लेख रहेको दहालले बताए ।

आइसिसिका फाइनान्स म्यानेजर अमर शेखले सल्लाकार समितिको संयोजन गर्नेछन् । समितिलाई क्रिकेट विवाद समाधानका लागि आवश्यक विधान बनाउने तथा छिटो भन्दा छिटो निष्पक्ष निर्वाचन गराउने जिम्मा दिइएको छ । गत महिना आइसिसिका कार्यकारी प्रमुख डेभिड रिचार्डसनको नेतृत्वमा आएकोे टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली , राखेप सदस्य सचिव केशवकुरमा विष्टलगायत सरोकारवाला सँग भेट गरेको थियो । भेटमा नेपाली क्रिकेट विवाद सामधानका लागि राष्ट्रिय क्रिकेट बोर्ड गठन गर्ने र त्यसका लागि सल्लाकार समिति बनाउने सहमति भएको बताइएको थियो । दोहोरो अस्तित्वपछि आइसिसीले वैशाखमा क्यानमाथि प्रतिबन्ध लगाएको थियो । यद्दपी आइसिसीकै संयोजनमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिदै आएको छ ।
मंसिरको अन्त्यमा क्यानको साधारण सभाले चतुरबहादुर चन्दको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो । निर्वाचन प्रक्रिया पुरा नगरेको भन्दै राखेपले पुसमा रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । निर्वाचित समितिले सरकार, राखेपसहित १६ जनाका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेपनि दुवै पक्षलाई अस्वीकार गर्दै आइसिसीले नेपाल माथि प्रतिबन्ध लगाएको थियो । नेपालमाथि प्रतिबन्ध लगाएपनि आइसिसीले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइएको छ । नेपालको सहभागिताको संयोजन पनि आइसिसीले नै गरिएको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]