9 years ago
October 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक हङकङसँग खेल्दै आज नेपालले आइसिसी महिला विश्वकप छनोटको यात्रा सुरु गर्दैछ । नेपालले दुई बर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिदैछ ।

नेपाल, हङकङ,थाइल्यान्ड र चीन रहेको एसियाली छनोटमा सबैले एकअर्कासँग दुई पटक खेलेपछि शीर्ष टोली अर्को बर्ष हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोटमा पुग्नेछ । सन् २०१४ मा कोरियामा भएको एसियाली खेलकुद पनि नेपाली महिला टोलीले कुनै अन्र्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।
आजै अर्को खेलमा थाइल्यान्ड र चीन प्रतिस्पर्धा गरिरहेका छन् । थाइल्यान्डले चीनलाई १ सय ८ रनको लक्ष्य दिएको छ । पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षेतिमा १ सय ७ रन बनाएको थियो ।

नेपाली टोली – रुविना क्षेत्री, सीता रानामगर (उपकप्तान), नीरा राजोपाध्याय, नेरी थापा, इन्दु बर्मा, सबनम राई, निर्मला शाही, रश्मी शर्मा चौलागाई, रोशनी बोहोरा, सरिता मगर, करुणा भण्डारी, काजोल श्रेष्ठ, ज्योति पाण्डे र सरस्वती चौधरी छन् ।
प्रशिक्षक – राजु बस्न्यात
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]