9 years ago
October 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला विश्वकप छनोटमा आज आयोजक हङकङविरुद्ध कमजोर प्रदर्शन गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ४ बल अघि ७७ रन जोड्दै अलआउट भएको छ ।

नेपालका लागि सबैभन्दा बढी निर्मला शाहीले ३२ रनमा १८ रन बनाइन् । कप्तान रुविन क्षेत्रीले १४ बलमा १२ रन थपिन् । १९ बल खेल्दै रश्मी चौलागाईले ११ रन बनाइन् । १० बल खेलेकी इन्दु बर्माले १० बलमा २ चौकासहित ९ रन बनाइन् । ओपनर ज्योति पाण्डे १ र सीता मगर ४ रन बनाएर आउट भइन् । सरिता मगरले ४ पूर्व कप्तान नेरी थापा २ रन जोडिन् । अर्को पूर्व कप्तान नीरा राजोपाध्यायले खाता खोल्न सकिनन् । नीरा, इन्दु र सरिता रनआउट भएका थिए । सवनम राईले पनि खाता खोल्न सकिनन् । करुणा भण्डारी ५ रनमा अविजित रहिन् ।
आयोजकका लागि मारिको हिल, चान का मन र चान सु हारले समान २ दुई विकेट लिए । कारे चानले समान १ विकेट लिए ।
त्यसअघि अर्को खेलमा थाइल्यान्डले चीनलाई ७५ रनले हराएको छ । पहिले ब्याटिङ गरेको थाइल्यान्डले ६ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । जवाफमा चीनले १२.१ ओभरमा सबै विकेट गुमाएर ३२ रन मात्र बनायो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]