9 years ago
October 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी महिला विश्वकप एसिया छनोटबाट बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेलमा चीनलाई ४ विकेटले हराएको छ । ८६ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ६ विकेट गुमाएर ८८ रन बनाएको थियो । चीनलाई पहिलो खेलमा पनि नेपालले हराएको थियो ।

पूर्व कप्तान नेरी थापा र सीता मगरको ब्याटिङमा नेपालले लक्ष्य प्राप्त गरेको थियो । ओपनर सीताले २४ बलमा १ चौकासहित २० रन बनाइन् । नेरीले २७ बलमा १ चौका साथ २२ रन जोडिन् । कप्तान रुविना क्षेत्रीले अविजित १३ , इन्दु बर्माले १० रन बनाइकी थिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको चीनले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर ८५ रन बनाएको थियो । चीनका लागि ओपनर जो मियो र फेगफेग सङबाहेक चाइ युडियनले दोहोरो अंकमा रन बनाएका थिए । सङले सर्वाधिक ३४ रन तथा मियोले १८ रन बनाइकी थिइन् । याडियनले १० रन जोडिन् ।
नेपालका लागि कप्तान रुविना क्षेत्रीले २ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी उनले १० रन मात्र खर्चेकी थिइन् । रुविना प्लेयर अफ दि म्याच चुनिएकी थिइन् । निर्मला शाही र करुणा भण्डारीले समान १ विकेट लिएकी थिइन् ।

नेपालले आफ्ना ६ मध्ये ३ मा जित र ३ मा हार बेहोर्दै छनोटको यात्रा टुंगाएको छ । शुक्रबार थाइल्यान्डसँग १ विकेटको हारसँगै नेपाल छनोटबाट बाहिरिएको थियो । थाइल्यान्डसँगको दुवै खेल हारेको नेपाल अर्को खेलमा हङकङ पराजित भएको थियो । चीनलाई दुवै खेलमा हराएको नेपालले अर्को एउटा खेलमा हङकङमाथि जित निकालेको थियो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]