default_image

7 years ago

March 16, 2019

फुरी र सूर्यलाई सफलता

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका फुरी शेर्पा र रामेछापका सूर्य तामाङले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा शनिबार सफलता हात पारेका छन् ।

फुरीले सिन्धुपाल्चोकका समुन्द्र लामालाई ३–० तथा सूर्यले ललितपुरका निशेष महर्जनलाई ३–१ को फ्रेममा पराजित गरे । त्यस्तै काभ्रेका किरण लामाले काठमाडौंका दीपजल ढुंगानालाई ३–१, ओखलढुंगाका शिव थापामगरले काठमाडौंका आइडेन गुरुङलाई ३–१, काठमाडौंका विकेश राईले काठमाडौंका आशिष शाक्यलाई ३–१, मोरङका विशाल निरौलाले काठमाडौंका सागर केसीलाई ३–० को फ्रेममा हराए ।

काठमाडौंका सक्षम श्रेष्ठले पर्वतका मुकुन्द गिरीलाई ३–०, काठमाडौंका सविन तामाङले काठमाडौंका छोपेल शेर्पालाई ३–२, वीरगन्जका प्रकाश स्वर्णकारले ओखल्ढुंगाका कृष्ण पौडेललाई ३–० र इलामका आशिष गौतमले काभ्रेका राजन गुरुङलाई ३–० को फ्रेममा हराए ।

अन्य प्रतिस्पर्धामा काठमाडौंका प्रवीण शाक्यले काठमाडौंका सागर चित्रकारलाई ३–०, तनहुँका सुजन ज्वारचनले काठमाडौंका विजय महर्जनलाई ३–०, कास्कीका नवीन राणाले काठमाडौंका तेन्जिङ शेर्पालाई ३–२, काठमाडौंका विनयसिंह ठकुरीले काठमाडौंका सुमेश लामालाई ३–१, ललितपुरका सुरेश डंगोलले ललितपुरका प्रज्ज्वल कार्कीलाई ३–१, काठमाडौंका दोर्जे शेर्पाले रुपन्देहीका विरेन शाक्यलाई ३–० को फ्रेममा हराए ।

काभ्रेका निर्माण बोगटीले काभ्रेका नितेशराज भण्डारीलाई ३–१, रुपन्देहीका सारङ राणाले काठमाडौंका सूर्यबहादुर सुनुवारलाई ३–१, काभ्रेका विक्रम तामाङले काठमाडौंका दीपु शाक्यलाई ३–२, ललितपुरका सन्दिप मगरले काठमाडौंका रामकाजी काफ्लेलाई ३–१, काठमाडौंका निश्चल तामाङले सुनसरीका विकास गुरुङलाई ३–१, काठमाडौंका श्याम खड्गीले सिन्धुपाल्चोकका छेङ्गा लामालाई ३–१, तनहुँका अमिर श्रेष्ठले ललितपुरका निकेन महर्जनलाई ३–१, ललितपुरका तेन्जिङ शेर्पाले काठमाडौंका बविन प्रधानलाई ३–२ को फ्रेममा हराए ।

ललितपुरका सक्षम श्रेष्ठले ललितपुरका मन्डिद महर्जनलाई ३–१, काठमाडौंका लबु प्रजापतिले काठमाडौंका राजु उप्रेतीलाई ३–१, सिन्धुपाल्चोकका समुन्द्र लामाले मकवानपुरका प्रयास कर्माचार्यलाई ३–० र काठमाडौंका सुरेश डंगोलले ललितपुरका प्रज्ज्वल कार्कीलाई ३–१ ले पाखा लगाए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.