default_image

9 years ago

August 12, 2015

राखेप सदस्यले अब तलब नपाउने

काठमाडौं, साउन २७ (हाम्रो खेलकुद संवादताता) राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नै सदस्यहरुको तलब कटौती गरेको छ । राखेप सदस्य सचिव केशवकुमार विष्टको प्रस्तावमा साउन पहिलो साता बसेको राखेप बोर्ड बैठक सदस्यहरुको तलब कटाउने निर्णय गरेको हो । राखेप सदस्यहरुले मासिक १२ हजार रुपैयाा तलब बुझ्दै आएका थिए । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको […]

54 views

0 Bookmark

काठमाडौं, साउन २७ (हाम्रो खेलकुद संवादताता)
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नै सदस्यहरुको तलब कटौती गरेको छ । राखेप सदस्य सचिव केशवकुमार विष्टको प्रस्तावमा साउन पहिलो साता बसेको राखेप बोर्ड बैठक सदस्यहरुको तलब कटाउने निर्णय गरेको हो । राखेप सदस्यहरुले मासिक १२ हजार रुपैयाा तलब बुझ्दै आएका थिए ।

राखेप ले आफ्नै सदस्यहरुको तलब कटौती

राखेप ले आफ्नै सदस्यहरुको तलब कटौती

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा बसेको बैठकले अघिल्लो कार्यकालको निर्णयलाई उल्टाएको हो । चार बर्षे कार्यकाल पुरा गरेर जेठमा विदा भएका तत्कालिन सदस्य सचिव युवराज लामाको समयमा बोर्डले प्रत्येस सदस्यलाई मासिक १२ हजार रुपैयाा तलब दिने निर्णय गरिएको थियो । तलब कटौतीको निर्णयले राखेपको मासिक ३ लाख रुपैयाा बचत हुनेछ । यसअघि राखेपका २५ सदस्यले तलब लिदै आएका थिए । राखेपको ऐनमा राखेप सदस्यले बैठक भत्ता पाउने उल्लेख भएपनि तलबको व्यवस्था गरेको छैन ।
खेलकुद मन्त्री पौडेल र तत्कालिन सदस्य सचिव लामाबीच विवाद भएर झन्डै बर्ष दिन बैठक नबस्दा पनि सदस्यहरुले मासिक तलब भने बुझेको राखेपले जनाएको छ । राखेप सदस्यहरुको लिएको तलब लाई महालेखाले पनि बेरुजु देखाएको छ । हरेक महिना तलब दिदा बेरुजु बढ्नुका साथै परिषद्लाई आर्थिक भार समेत पर्ने भएकाले तलब कटौति गरिएको परिषदले जनाएको छ । नयाा निर्णयपछि अब बोर्ड सदस्यले बैठकमा उपस्थित भए अनुरुप बैठक भत्ता मात्र पाउने छन् ।
लामा सदस्य सचिव हुादा नै राखेपको उपाध्यक्ष नियुक्त भएका लामा टेण्डी शेर्पाले भने बोर्ड सदस्यका हैसियतले पाउने मासिक तलब नलिने यस अघि नै घोषणा गरिसकेका छन् । उनी गत बर्ष अषाढमा उपाध्यक्ष नियुक्त भएका थिए । त्यस्तै खेलकुद मन्त्रालयका सचिव र सहसचिवले पनि बोर्ड सदस्यका रुपमा पाउने मासिक तलब लिएका छैनन् ।

Success

Thank you for your time.