default_image

2 hours ago

December 20, 2025

नेप्लिज तेक्वान्दो आइओएफटिसीको टिम च्याम्पियन

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप  (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ ।

राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो ।

कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, २० रजत र १५ कास्य पदक जित्यो । तेस्रो हुने चन्द्रागिरीले ९ स्वर्ण, ७ रजत र ३ कास्य पदक प्राप्त गर्यो ।

यसैगरी चौथो हुने अमेरिकाले ८ स्वर्ण र २ रजत पदक जितेको थियो । च्याम्पियन नेप्लिज तेक्वान्दोले च्याम्पियन ट्रफीसहित ५०, कोटेश्वर ३७ हजार ५ सय र चन्द्रागिरी २५ हजार रुपैयाँ प्राप्त गरे।

यसैरी ग्रान्ड च्याम्पियनततर्फ पहिलो इभेन्टअन्तर्गत पुरुषतर्फ भुवन महरा र महिलातर्फ माल्दिभ्सकी फाटिमा इब्राहिम विजेता बने । यसैगरी ग्रान्ड च्याम्पियनतर्फ दोस्रो इभेन्टमा पुरुषतर्फ अमेरिकाका डेनिस कारन्जित र महिलातर्फ कोटेश्वर तेक्वान्दो डोजाङकी मनिषा विश्वकर्मा च्याम्पियन भए ।

ग्रान्ड च्याम्पियनअन्तर्गत तेस्रो इभेन्टमा पुरुषतर्फ निराप लामा र महिलातर्फ इसिका राना पहिलो स्थानमा रहे । ग्रान्ड च्याम्पियनमा विजेता बन्ने छ जना खेलाडीले जनही ५० हजार रुपियाँ पुरस्कार पाए ।

प्रतियोगितामा क्योरुगीतर्फ चन्द्रागिरीका समिर ठाकुर पुरुष र मनिषा नेपाल महिला खेलाडीतर्फ सर्वोत्कृष्ट घोषित भए । पुम्सेमा बङगलादेशका अफिफ अहमद उत्कृष्ट पुरुष र सुमिना वाइबा उत्कृष्ट महिला खेलाडी चुनिए । चारै खेलाडी जनही २५ हजार रुपैयाँले पुरस्कृत भए ।

प्रजुन कुइँकेलले उकृष्ट पुरुष रेफ्री र जमुना श्रेष्ठले उत्कृष्ट महिला रेफ्रीको सम्मान पाए । यसैगरी अमेरिकाका अनमोल गोर्र्खालीले सर्वश्रेष्ठ पुरुष प्रशिक्षक र भारतकी कविता घर्ती सर्वश्रेष्ठ महिला प्रशिक्षकले सम्मानित भए । सर्वश्रेष्ठ रेफ्री र प्रशिक्षकले जनही २५ हजार रुपियाँ पुरस्कार पाए ।

यसैगरी सर्वाधिक सहभागी तीन टिमलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो । प्रतियोगितामा नेप्लिज तेक्वान्दोबाट सर्वाधिक सहभागिता रहेको थियो । नेप्लिजले प्रोत्साहनस्वरुप ५० हजार रुपैयाँ पायो । दोस्रो सर्वाधिक खेलाडी सहभागी गराउने कोटेश्वर तेक्वान्दोलाई ३७ हजार ५ सय र तेस्रो सर्वाधिक खेलाडीसहित सहभागी टिम काभ्रे तेक्वान्दो डोजाङलाई २५ हजार रुपैयाँ प्रदान गरियो ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) जीवनराम श्रेष्ठले विजेता तथा उत्कृष्ट बनको खेलाडी, प्रशिक्षक र रेफ्रीहरुलाई पुरस्कृत गरे ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.