default_image

2 months ago

March 6, 2024

खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ मन्त्रिपरिषद्मा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले पाउने भएका छन् । रास्वपाको संसदीय दलका उपनेता समेत रहेका श्रेष्ठले पहिलो पटक संघीय मन्त्रीको जिम्मेवारी लिन लागेका हुन् । ४२ वर्षीय श्रेष्ठ यसअघि बागमती प्रदेशको प्रदेश सांसदको भूमिकामा थिए । संसदमा उनी सधैं […]

499 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ मन्त्रिपरिषद्मा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले पाउने भएका छन् ।

रास्वपाको संसदीय दलका उपनेता समेत रहेका श्रेष्ठले पहिलो पटक संघीय मन्त्रीको जिम्मेवारी लिन लागेका हुन् । ४२ वर्षीय श्रेष्ठ यसअघि बागमती प्रदेशको प्रदेश सांसदको भूमिकामा थिए । संसदमा उनी सधैं बलियो रुपमा प्रस्तुत हुने गर्दछन् ।

काठमाडौं क्षेत्र नम्बर ८ बाट सांसद निर्वाचित भएका श्रेष्ठले चुनावमा वर्तमान नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठलाई पराजित गरेका थिए । जीवनराम श्रेष्ठ यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रि रहिसकेका छन् ।

यसअघि युवा तथा खेलकुद मन्त्रालयमा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू मन्त्री थिए । कांग्रेस र माओवादीको गठबन्धन तोडिएपछि उनी जिम्मेवारीबाट मुक्त भएका थिए ।

Success

Thank you for your time.