default_image

2 weeks ago

April 11, 2025

१०औं राष्ट्रिय खेलकुद पुनः स्थगितको सम्भावना!

616 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा जेठमा हुने भनिएको १० औं राष्ट्रिय खेलकुद पुनः स्थगित हुने सम्भावना बढेको छ ।

सचिवालय स्थापनागरि विभिन्न उपसमिति समेत गठन भइसकेपनि राष्ट्रिय खेलकुद नहुने देखिएको हो । पटक पटक स्थगित राष्ट्रिय खेलकुद पछिल्लो पटक २०८२ जेठ ३ देखि १० गते सम्म गर्ने बताइएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद तोकिएको समयमा हुन नसक्ने इंगित गरेका छन् ।

बैठक जारी रहेकोले अन्तिम निर्णयका लागि केहि समय लाग्न सक्ने बैठकमा सहभागी एक‌ सदस्यले‌ जानकारी दिए । हाल सदस्यहरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा राष्ट्रिय खेलकुद र विभिन्न खेल संघका तदर्थ समिति गठन लगायतका एजेन्डामा छलफल भइरहेको छ।

Success

Thank you for your time.