default_image

7 years ago

May 4, 2017

राखेपले विद्यालय खेल संघ खारेज गर्यो

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो लगतमा रहेका विभिन्न १० खेलको राष्ट्रिय संघ खारेज गरेको छ । १० मध्ये ९ खेलको विद्यालय राष्ट्रिय खेल संघ रहेका छन् । विद्यालय स्तरमा खेलको विकास गर्ने उद्देश्यका साथ ती संघ तत्कालिन राखेप सदस्य सचिव युवराज लामाको समयमा गठन भएका थिए । खारेजीमा परेका संघहरुमा […]

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो लगतमा रहेका विभिन्न १० खेलको राष्ट्रिय संघ खारेज गरेको छ । १० मध्ये ९ खेलको विद्यालय राष्ट्रिय खेल संघ रहेका छन् । विद्यालय स्तरमा खेलको विकास गर्ने उद्देश्यका साथ ती संघ तत्कालिन राखेप सदस्य सचिव युवराज लामाको समयमा गठन भएका थिए ।

खारेजीमा परेका संघहरुमा नेपाल स्टिक स्पोर्ट्स संघ, नेपाल विद्यालय फुटबल संघ, राष्ट्रिय विद्यालय जिम्न्याष्टिक महासंघ, विद्यालय बास्केटबल महासंघ नेपाल, राष्ट्रिय विद्यालय ब्याडमिन्टन महासंघ, नेपाल विद्यालय ह्यान्डबल संघ, नेपाल विद्यालय कबड्डी संघ, राष्ट्रिय विद्यालय क्रिकेट संघ, राष्ट्रिय विद्यालय तेक्वान्दो संघ र राष्ट्रिय विद्यालय बुद्धिचाल संघ छन् ।

छानविन समितिको प्रतिवेदन, खेलकुद विकास ऐन, नियम बमोजिम दर्ता र नविकरण नभएको र गठन भएका संघले खेल गतिविधि संचालन गर्न नसकेको कारण दर्ता खारेज गरिएको राखेपले बिहीबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

राखेपमा दर्ता रहेका राष्ट्रिय संघहरुलाई व्यवस्थित रुपमा सञ्चालन गरी विभिन्न खेलको विकास र विस्तार गर्ने उद्देश्य अनुरुप २०७२ साल पुस १ गते राखेपकी सदस्य शान्ति सिंहको संयोजकत्वमा छानविन समितिको गठत गरिएको थियो ।

विद्यालय खेल संघको हकमा सम्बन्धित खेलको राष्ट्रिय खेल संघअन्तर्गत समितिको रुपमा सम्बन्धित खेलको विकास र विस्तार हुने भएको हुँदा विद्यालय खेलकुद संघ राखेपको लगतमा राख्न औचित्य नभएकाले त्यस्ता संघ खारेज गरिएको राखेपले विज्ञप्तीमा उल्लेख गरेको छ । राखेपले यसअघि सात वटा खेल संघ खारेज गरेको थियो ।

Success

Thank you for your time.