default_image

8 years ago

December 22, 2015

सिइओ घिमिरेलाई क्यानको जिम्मेवारी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विवाद समाधान नभएसम्म प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाई स्वतन्त्रपूर्वक नेपाल क्रिकेट संघ (क्यान) को कार्यसञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट चतुरबहादुर चन्दको अध्यक्षतामा निर्वाचित कार्यसमितिले मान्यता नपाएको नेपाल क्रिकेट संघ (क्यान) को नवनिर्वाचित कार्यसमितिले विधिसम्मत नभए आफूलाई विघटन गर्न चुनौती दिएको छ । प्रमुख कार्यकारी र […]

47 views

0 Bookmark

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विवाद समाधान नभएसम्म प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाई स्वतन्त्रपूर्वक नेपाल क्रिकेट संघ (क्यान) को कार्यसञ्चालन गर्न निर्देशन दिएको छ ।

Bhawana Ghimire

राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट चतुरबहादुर चन्दको अध्यक्षतामा निर्वाचित कार्यसमितिले मान्यता नपाएको नेपाल क्रिकेट संघ (क्यान) को नवनिर्वाचित कार्यसमितिले विधिसम्मत नभए आफूलाई विघटन गर्न चुनौती दिएको छ ।

प्रमुख कार्यकारी र युवा तथा खेलकुद मन्त्रालयलाई पठाइएको पत्रमा राखेप र अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गरेर क्यानको सबै दैनिक जिम्मेवारी बहन गर्न घिमिरेलाई निर्देशन दिइएको छ । चतुरबहादुर चन्दको नेतृत्वमा निर्वाचित क्यानको नयाँ कार्यसमितिसँग काम नगर्न भनेको भोलिपल्टै राखेपले घिमिरेलाई उक्त निर्देशन दिएको हो ।

‘नेपालको क्रिकेटमा हामीले हिजो पनि काम गरेका थियौं, आज पनि गरिरहेका छौं र भोली पनि गर्नेछौं,’ मंसिर २८ मध्यरातमा सम्पन्न क्यानको चौथो साधारण सभाबाट महासचिवमा पुनः निर्वाचित भएका अशोकनाथ प्याकुरेलले भने, ‘हामीले विधान सम्मत निर्वाचन गरेको छौं । राखेप हामीलाई अवैधानिक ठान्छ भने विघटन गरेर नयाँ समिति बनाओस । त्यसपछि सबैले आ–आफ्नो बाटो लिनेछन् । विवाद अन्त्य हुनेछ ।’ क्यानको निर्वाचनलाई राखेपले मान्यता नदिइरहेको सन्दर्भमा गरिएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चन्दले जानाए ।

Success

Thank you for your time.