default_image

5 years ago

August 10, 2019

‘१३ औं साग निर्धारित समयमै हुन्छ’ – सदस्यसचिव सिलवाल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसयाली खेलकुद प्रतियोगिता (साग) निर्धारित मितिमै हुने बताएका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय कमिटीले शनिबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सदस्यसचिव सिलवालले आफु चुनौती स्वीकर गरेर नै राखेपमा आएको र १३औं साग निर्धारित मितिमै हुने बताएको हो । ‘भारतले पनि […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसयाली खेलकुद प्रतियोगिता (साग) निर्धारित मितिमै हुने बताएका छन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय कमिटीले शनिबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सदस्यसचिव सिलवालले आफु चुनौती स्वीकर गरेर नै राखेपमा आएको र १३औं साग निर्धारित मितिमै हुने बताएको हो । ‘भारतले पनि सहभागिताको पत्र पठाई सकेको छ, अब कुनै कारणले रोकिने अवस्था छैन । चिनिया टोली अगस्ट १५ मा सातदोबाटोको पूर्वधार र दशरथ रंगशालाको निरीक्षण गर्न आउदैछ, सातदेवाटोको सुटिङ रेन्ज र पौडी पोखरी हस्तान्तरण गरे पछि १३ औं सागको माहोल बन्ने छ ।’ सदस्य सचिव सिलवालले भने ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले सस्थापक अध्यक्ष समेत रहेका सिलवालको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । उनले मदन भण्डारी स्पोर्ट्स एकेडेमीको नाताले सदस्य–सचिवको पद नपाइ आफ्नै (सिलवाल) खुबीका कारण सदस्य–सचिवको पद पाएको बताउदै खेलकुदको विकास र विस्तारका लागि एकेडेमीले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव अचार्यले खेलकुदलाई माया गर्ने र खेलकुद बुझेको व्यक्तिलाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवको जिम्मेवारी दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिए । एकेडेमीका सचिव ओमकृष्ण प्रसाईंले कार्यकाल सफलताका लागि कामना गरे । कार्यक्रममा एकेडेमीका पदाधिकारी र क्रिकेट विभाग, मार्सल आर्ट विभागलगायतको उपस्थिति रहेको थियो ।

Success

Thank you for your time.