default_image

57 minutes ago

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्।

लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन (२ घन्टा ४६ मिनेट २६ सेकेन्ड) मा बनाएको राष्ट्रिय कीर्तिमान भंग गरेकी थिइन् ।

भ्यालेन्सिया म्याराथनमा विश्वभरका ८ हजार ९ सय २१ महिला एलिट रनरहरु सहभागिता थियो । त्यसमा सन्तोषी ८०औं स्थानमा रहन सफल भइन् ।

सन्तोषीले पछिल्लो ८ महिनाभित्र ५ वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । गत असोजमा सन्तोषीले दिल्ली हाफ म्याराथनमा हाफ म्याराथनको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

त्यस्तै कात्तिकमा भारतमा भएको साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिप, राँचीमा ५ हजार मिटर र १० हजार मिटर दौडमा पनि २ कास्य पदकसहित राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

धारा नेपालगञ्ज म्याराथनको दसौं सस्करणको विजेता सन्तोषी नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी भएकी हुन् । ग्लोबल स्पोर्ट्स कम्युनिकेसन नेदरल्याण्डको फेलोसिपमा रहेकी सन्तोषीले भ्यालेन्सिया म्याराथनका लागि त्यहीँको अन्तराष्ट्रिय प्रशिक्षकको प्रशिक्षणमा थिइन् । साथै उनी एसियाली खेलकुदका लागि मिसन २०२६ प्रशिक्षणमा छिन् ।

सन् २०१९ मा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उनले १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्। साग इतिहासमा एथलेटिक्सतर्फ नेपाललाई स्वर्ण पदक दिलाउने उनी पहिलो नेपाली हुन् ।

मध्यम दूरीबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेकी सन्तोषीले १३ औं सागयता घरेलु मैदानमा सबै प्रतियोगितामा स्वर्ण पदक जित्दै आएकी छिन्। ३ वर्षअघि बंगलादेशबाट उनले म्याराथनमा प्रतिस्पर्धा गर्न सुरु गरेकी हुन्।

यसैबीच, स्पेनमा बस्दै आएका पूर्व धावक अक्कल बाेहराले सन्तोषी लाई‌ १ लाख ५० हजार रुपैयाँबाट पुरस्कृत गर्ने घोषणा गरेका छन्।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.