default_image

3 years ago

January 22, 2021

प्रोत्साहन भत्ता निकासा, १३ औं सागका स्वर्ण विजेताले भने अझै कुर्नुपर्ने

काठमाडौं (हाम्रो खेलकुद¬)– छ महिना देखि रोकिएको ओलम्पियन, एसियाली खेलकुद पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीको प्रोत्साहन भत्ता निकासा भएको छ । तर, गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागका स्वर्ण पदक विजेताले भने प्रोत्साहन भत्ताका लागि कुर्नुपर्ने भएको छ । रोकिएको प्रोत्साहन भत्ताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद¬)– छ महिना देखि रोकिएको ओलम्पियन, एसियाली खेलकुद पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीको प्रोत्साहन भत्ता निकासा भएको छ । तर, गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागका स्वर्ण पदक विजेताले भने प्रोत्साहन भत्ताका लागि कुर्नुपर्ने भएको छ ।

रोकिएको प्रोत्साहन भत्ताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पटक पटक आवाज उठाउँदै आएको थियो । नयाँ खेलकुद मन्त्री दावा लामालेले आफ्नो वहालीको एक महिना नपुग्दै रोकिएको खेलाडीको प्रोत्साहन भत्ता निकासा भएको छ ।

भत्ता उपलब्ध गराउने निर्णयलाई आशिंक सफलता भन्दै आवश्यक पहल र निर्देशन दिने खेलकुद मन्त्री लामा राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई सामाजिक सञ्जालमार्फत खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले संघको तर्फबाट अभार व्यक्त गरेका छन् । श्रेष्ठले अघिल्लो आर्थिक वर्षसम्म भत्ता पाउने सबैको खातामा रकम शुक्रबार जम्मा भएको जानकारी दिएका छन् ।

अघिल्लो आर्थिक वर्षसम्म प्रत्येक ओलम्पियनले मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेताले प्रति पदक ६ हजार र सागका स्वर्ण पदक विजेताले प्रति पदक ६ हजार रुपैयाँ प्रोत्साहन प्राप्त प्राप्त गर्दै आएका थिए । खेलाडी संघले पुस २२ गते बधाई तथा शुभकामना दिदै खेलाडीहरुको भत्ता रोकिएको र चाडै निकासा गर्नका लागि आग्रह गरेको थियो ।

चार वर्षदेखि सरकारले आफु मातहतको राखेप मार्फत ओलम्पियन, एसियाडका पदक विजेता र सागका स्वर्ण पदक विजेता खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको थियो । १३ औं सागका विजेतालाई कार्यविधि तयार पछि उपलब्ध गराइने बताइएको छ ।

१३ औं सागका ५१ स्वर्ण पदक विजेताले अहिले सम्म प्रोत्साहन भत्ता पाएका छैनन् । खेलाडी संघका अध्यक्ष श्रेष्ठले १३ औं सागका स्वर्ण पदक विजेतालाई निराश नहुन र आफ्नो प्रशिक्षणलाई निरन्तरता दिन आग्रह गर्दै भनेका छन्, ‘तपाईहरुले प्रोत्साहन भत्ता पाउने निश्चित नहुँदासम्म खेलाडी संघले आफ्नो अभियानलाई निरन्तर जारी राख्ने पनि हामी सम्बन्धित सबै पदक विजेता खेलाडीलाई आश्वस्त पार्न चाहन्छौं ।’

प्रोत्साहन भत्ताका विषयमा कार्यविधिको मस्यौदा तयार गर्न लागि मन्त्री लामाले आफ्नो पहिलो निर्णयका रुपमा ७ सदस्यीय समिति गठन गरेका थिए । संघले मन्त्रीलाई ध्यानाकर्षण गराउने क्रममा भनेको थियो, ‘कार्यविधिले तयार भइसकेपछि प्रोत्साहन भत्ताका लागि खेलाडीले पुनः संघर्ष गर्नुपर्ने छैन । कार्यविधि मस्यौदा तयार पार्ने क्रममा समितिले सम्बन्धित खेलाडी संघ छलफल गराउने वातावरण निर्माणका लागि मन्त्रीलाई निर्देशन दिन संघ आग्रह गर्दछ ।’

संघले प्रोत्साहन भत्ता कटौती नहुने गरि कार्यविधि तयार हुनेमा पनि विश्वास व्यक्त गरेको थियो । संघले सागका रजत र कास्य पदक विजेता खेलाडीका लागि समेत प्रोत्साहन भत्ताको प्रबन्ध कार्यविधिमा समेटिनेमा संघ आशावादी रहेको जनाएको थियो ।

Success

Thank you for your time.