default_image

9 years ago

September 14, 2015

भोजानन्द र दम्बर सर्वोत्कृष्ट कर्मचारी

काठमाडौं, भदौ २८ गते। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई र कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्ट राखेपको वर्ष २०७१ का सर्वोत्कृष्ट कर्मचारीको पुरस्कारबाट सोमबार सम्मानित भएका छन् । राई प्रशासन तथा डम्बर प्राविधिकतर्फ सर्वोत्कृष्ट घोषित भएका हुन्। त्यस्तै नेपाल खेलकुद विज्ञान प्रतिष्ठानकी प्रशासकीय अधिकृत अनन्तादेवी खनाल […]

52 views

0 Bookmark

काठमाडौं, भदौ २८ गते।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई र कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्ट राखेपको वर्ष २०७१ का सर्वोत्कृष्ट कर्मचारीको पुरस्कारबाट सोमबार सम्मानित भएका छन् । राई प्रशासन तथा डम्बर प्राविधिकतर्फ सर्वोत्कृष्ट घोषित भएका हुन्।

rakhepa karmachari sammanit
त्यस्तै नेपाल खेलकुद विज्ञान प्रतिष्ठानकी प्रशासकीय अधिकृत अनन्तादेवी खनाल (प्रशासन) तथा ललितपुर जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो सहायक प्रशिक्षक बद्रीप्रसाद घिमिरे (प्राविधिक) उत्कृष्ट कर्मचारी चुनिए । गोर्खा जिल्ला खेलकुद विकास समितिका नासु हर्कबहादुर राई (प्रशासन) तथा लनटेनिस प्रशिक्षक रेणुदेवी कोण्डा (प्राविधिक) ले परिषद् सेवा पुरस्कार प्राप्त गरे।
सर्वोत्कृष्टले २५ हजार, उत्कृष्टले १५ हजार र परिषद् सेवाबाट पुरस्कृतले १० हजारका दरले नगद पुरस्कारसहित सम्मान पत्र प्राप्त गरे ।
सोही अवसरमा खेलकुद पत्रकार नागरिक दैनिकका ध्रुव तुलाधर, द हिमालयन टाइम्सका महेश आचार्य र गोरखापत्रका प्रजीत शाक्य तथा राइजिङ नेपालका फोटो पत्रकार राजेन्द्र चित्रकारलाई पनि सम्मान पत्र र नगद पुरस्कारसहित सम्मान गरियो ।

त्यसैगरी राखेपमा २० वर्ष सेवा पूरा गरेका खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापा र नासु सूर्यबहादुर श्रेष्ठलाई सेवा पदक प्रदान गरियो।
२५ वर्ष पूरा गरेका पौडी शाखाकी वरिष्ठ अधिकृत केशरी चित्रकार, तालिम तथा प्रशिक्षण विभागका वरिष्ठ अधिकृत विद्यासागर पोखरेल, लनटेनिस प्रशिक्षक रेणुदेवी कोण्डा, आर्थिक प्रशासन शाखाका लेखा अधिकृत दशरथ सापकोटा, भौतिक पूर्वाधार तथा मर्मत शाखाका अधिकृत राजु श्रेष्ठ, संघ संस्था समन्वय शाखाका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने, प्रशासन विभागकी नासु जुलुम गिरी, दर्ता फााटका नासु गम्भीरमान तुलाधर, खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रकी नासु भवानी अधिकारी तथा कार्यालय सहयोगी बद्रीकुमार खत्री, ज्ञानभक्त महर्जन र रत्नबहादुर मगजु दीर्घ सेवा पदकबाट सम्मानित भए ।

राखेपको ५२ औं वार्षिकोत्सव समापन कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राखेप सदस्य–सचिव केशवकुमार विष्टले उनीहरुलाई सम्मान र पुरस्कृत गरे ।

Success

Thank you for your time.