default_image

2 years ago

September 13, 2022

ओलम्पियन विष्टको संयोजकमा ट्रफी टुर कार्यदल गठन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी टुर कार्यदल गठन गरेको छ । राखेपले दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी पदक विजेता ओलम्पियन दीपक विष्टको संयोजकत्वमा ४ अलग खेलका सफल खेलाडी रहेको कार्यदल गठन गरेको हो । राखेपले ट्रफी सातै प्रदेश र तीन […]

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी टुर कार्यदल गठन गरेको छ ।

राखेपले दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी पदक विजेता ओलम्पियन दीपक विष्टको संयोजकत्वमा ४ अलग खेलका सफल खेलाडी रहेको कार्यदल गठन गरेको हो । राखेपले ट्रफी सातै प्रदेश र तीन विभागिय टोलीमा ट्रफी टुर गरिने बताएको छ । टुर सुदूरपश्चिम प्रदेशबाट गरिने जनाएको छ ।

भाद्र २७ गते कार्यकारी समितिको निर्णयानुसार सदस्यमा राष्ट्रिय तथ अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धावक मिरा राई रहेका छन् ।

भदौ ३१ गते राखेपका संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय खेलकुदको रनिङ्ग ट्रफी सार्वजनिक गर्ने बताइएको छ । सात प्रदेश, ३ विभाग र एनआरएनए गरि ११ टोलीको सहभागितामा असोज २८ देखि कात्तिक ३ गते सम्म नवौं राष्ट्रिय खेलकुद हुनेछ । राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेट भने काठमाडौंमा जारी छ । राष्ट्रिय खेलकुदमा ३६ प्रतिस्पर्धात्मक र २ प्रदर्शनी खेल समावेश गरिएको छ ।

Success

Thank you for your time.