1 hour ago
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ।
पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो।
जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा गर्यो। आजको यो खेलमा ओपनर अर्जुनलाई ओपनिङमा आए। अर्जुन र रोसिङ्गटनले पहिलो पावर प्लेमा ३८ रन जोडे।
चितवनका बलरहरूले उनीहरूलाई आउट गर्न नसक्दा १० ओभरमा ६३ रन बनाए। अन्तिम ६० बलमा पोखरालाई ५८ रन जोड्नु थियो। ११ औं ओभरको अन्तिम बलमा एडमले अर्धशतक बनाए। ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रन पूरा गरे। उनको यो जारी एनपिएलमा दोस्रो अर्धशतक हो। यी दुईले शतकीय साझेदारी गरे।
१५ .२ ओभरमा चितवनले पहिलो विकेट झार्यो। ४८ बल खेलेर ४ चौका र ५ छक्का सहित ६५ रन बनाएर रोसिङ्गटन रिजन ढकालको बलमा कुशल मल्लद्वारा क्याच आउट भए। पहिलो विकेट गुमाउँदा पोखरालाई जितको लागि मात्र २१ रन जरुरी थियो।
यसपछि कुशल भुर्तेल क्रिजमा छिरे। तर कुशल मात्र ४ रनमा सेफ जेबको बलमा आउट भए। अर्जुनले ५२ बलमा २ चौका र १ छक्का सहित अविजित ४३ रन जोडे। बलिङमा रिजन ढकाल र सेफ जेबले १/१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं विरुद्ध १ सय ३० रन बनाएको थियो।
चितवनले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका ३ खेलाडी आउट हुँदा ७ रन मात्र बनायो। ओपनर अर्जुन साउद धनन्जय लक्समको बलमा १ रनमा बोल्ड आउट भए। ६ रन जोड्दा पहिलो विकेट गुमायो।
यसपछि अर्का ओपनर डविट मलान ५ रनमा लक्समकै बलमा आउट भए। लगतै रवि बोपरा पनि मात्र १ रनमा विपन खत्रीको बलमा कुशल भुर्तेलद्वारा क्याच आउट गरे। कुशल उत्कृष्ट वान ह्यान्डेड डाइभ गर्दै क्याच लिए। पहिलो पावर प्लेमा चितवनले मात्र २३ रन जोड्दै निकै खराब सुरुवात गर्यो।
यसपछि चौथो विकेटको रूपमा सेफ जेब १७ रन जोडेर रोहित चन्दको बलमा आउट भए। रोहितले एनपिएलको डेब्यु खैलमा नै विकेट लिए। १० ओभरको समाप्तीमा चितवनले ४ विकेट गुमाउँदा ४८ रन मात्र बनायो।
पाँचौं विकेटको रूपमा देव खनाल पबिलियन फर्किए। ४१ बल खेल्दै १ चौका र १ छक्का सहित ३५ रनमा किरण ठगुन्नाको बलमा जेसन रोयद्वारा क्याच आउट भए। यतिखेर टिमले ७० रन बनाएको थियो।
देव नै टोलीको सर्वाधिक रन जोड्ने खेलाडी बने। यसपछि कुशल मल्ल २३ बलमा २३ रन बनाएर लक्समको बलमा आउट भए। यसपछि अल्पेश रामजानी अविजित ३३ रनमा रहे।
बलिङमा धनन्जय लक्समले सर्वाधिक ३ विकेट लिए। विपिन, रोहित र किरणले १/१ विकेट लिए।
पोखराले ७ खेलमा ४ मा हार र ३ मा जित निकालेर ६ अंकमा यो सिजन पाँचौं स्थानमा रहँदै एनपिएल सकाएको छ। पोखरा लगातार दोस्रो सिजन पनि प्ले अफमा पुग्न सकेन। दुई संस्करणमा प्ले अफमा पुग्न नसकेको पोखरा एक मात्र टोली बनेको छ।
चितवनले भने ७ खेलमा ५ मा हार र २ मा जित सहित ४ अंकका साथ यो सिजनको एनपिएल पूरा गर्यो। चितवन गत संस्करणमा भने प्ले अफमा पुगेको थियो।
यसअघि आज भएको पहिलो खेलमा शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई ४ विकेटले हराउँदै विराटनगर किंग्स एनपिएलको क्वालिफायर वानमा पुगेको छ ।
क्वालिफायर वानमा विराटनगर र सुदुरपश्चिमबीच नै प्रतिस्पर्धा हुनेछ। एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ। भोलि लिग चरणको अन्तिम खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]