default_image

2 years ago

September 19, 2022

गौरिका राष्ट्रदीपबाट विभूषणित हुने

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करणमा सर्वाधिक पदक जित्ने नेपाली ओलम्पियन पौडीकी गौरिका सिंह राष्ट्रदीपबाट विभूषित हुने भएकी छन् । संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलङ्कार र पदक विभूषित गर्ने घोषणा गर्दा गौरिका समेटिएकी छिन् । राष्ट्रदीप विभूषण पाउने दुई मध्ये गौरिका एक हुन् । अर्को प्रहरी […]

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करणमा सर्वाधिक पदक जित्ने नेपाली ओलम्पियन पौडीकी गौरिका सिंह राष्ट्रदीपबाट विभूषित हुने भएकी छन् ।

संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलङ्कार र पदक विभूषित गर्ने घोषणा गर्दा गौरिका समेटिएकी छिन् । राष्ट्रदीप विभूषण पाउने दुई मध्ये गौरिका एक हुन् । अर्को प्रहरी हल्वदार प्रकाश कथायतले प्राप्त गर्नेछन् । गौरिकाले झण्डै तीन वर्षअघि स्वदेशमा भउको १३ औं सागमा ४ स्वर्णसहित ९ पदक जितेकी थिइन् । उनले दुई पटक ओलम्पिकमा भाग लिइसकेकी छन् ।

त्यस्तै नेपाली खेलकुदका व्यक्तिगत स्पर्धाका सर्वाधिक सफल खेलाडी दीपक विष्ट प्रवल जनसेवाश्रीबाट विभूषित हुनेछन् । सागमा लगातार चार स्वर्ण, एसियाली खेलकुदमा २ कास्य जित्ने एक मात्र खेलाडी विष्ट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दोस्रो नेपाली हुन् ।

गौरिका र विष्टसँगै खेलक्षेत्रका दर्जनभन्दा बढी व्यक्तिहरु पनि विभूषित हुने भएका छन् । महिला राष्ट्रिय भलिबल टोलीलाई दुई पटक सेन्ट्रल जोन च्याम्पियन बनाउन सफल प्रशिक्षक जगदिश भट्ट, सोही टोलीकी कप्तान अरुणा शाही, युथ पारा एसियन च्याम्पियनसिपकी स्वर्ण पदक विजेता पलेशा गोबद्र्धन, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठ, फुटबल प्रशिक्षक अरुणा गुरुङ र तेक्वान्दो खेलाडी भजिन्द्रबहादुर क्षेत्री जनसेवा श्रीबाट विभूषित हुने भएका छन् ।

पूर्व एथलेटिक्स खेलाडी एपिएफकी प्रमिला रिजाल प्रताप भुषणबाट सम्मानित हुनेछिन् । त्यस्तै राष्ट्रिय खेलकुद परिष्द (राखेप) की सदस्य रेनुका श्रेष्ठ, एसियाली खेलकुदका कास्य पदक विजेता बक्सिङ खेलाडी दीपक महर्जन, नेपाल क्रिकेट संघ (क्यान) का कार्यवहाक सचिव प्रशान्त मल्ल, श्याम गुरुङ, मोतीकला गुरुङ, शिवनध्वज देवान राई र रन्जित तामाङले सुकिर्ति पदकबाट सम्मानित हुने भएका छन् ।

विभूषित हुने खेलाडी र खेलकर्मी

राष्ट्रदीप – गौरिका सिंह

प्रवल जनसेवाश्री – दीपक विष्ट

जन सेवाश्री – जगदिश भट्ट निलेन्द्र राज श्रेष्ठ सुजन लाल श्रेष्ठ जगत बहादुर खड्का (खेलकुद प्रवद्र्धक) पलेशा गोबद्र्धन श्रेष्ठ अरुणा गुरुङ अरुणा शाही भजिन्द्र बहादर क्षेत्री (तेक्वान्दो खेलाडी)

नेपाल प्रताप भुषण – प्रमिला रिजाल ( सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय)

सुकिर्ति पदक – रेनुका श्रेष्ठ दीपक महर्जन प्रशान्त मल्ल श्याम गुरुङ मोतिकला गुरुङ शिवनध्वज देवान राई रन्जित तामाङ

Success

Thank you for your time.