default_image

1 year ago

September 29, 2022

जानकी मन्दिरमा राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

जनकपुर (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शनी गरिएको छ । जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शनी गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेश प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले ट्रफी सार्वजनिक गरे । ट्रफी सार्वजनिक गरेपछि बोल्दै मुख्यमन्त्री राउतले जानकीको पवित्र भूमिमा […]

106 views

0 Bookmark

जनकपुर (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शनी गरिएको छ । जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शनी गरिएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेश प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले ट्रफी सार्वजनिक गरे । ट्रफी सार्वजनिक गरेपछि बोल्दै मुख्यमन्त्री राउतले जानकीको पवित्र भूमिमा ट्रफी सार्वजनिक भएकोमा खुशी व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुदको सफलताको लागि शुभकामना दिए ।

‘जानकीको पवित्र भूमिमा ट्रफी अनावरण भएको छ । मधेश प्रदेशले ट्रफी ल्याओस शुभकामना दिन चाहन्छु,’ उनले भने, ‘नवौंको भव्य शुभकामना दिन चाहन्छु ।‘ मुख्यमन्त्री राउतले राज्यले खेलाडीलाई कम प्राथमिकता दिएको समेत बताए । ‘देशको नाम राख्ने खेलाडीलाई अन्य ठाउमा राज्यको तर्फबाट सुबिधा हुन्छ । तर, यहाँ खेलाडीलाई कम प्राथमिकता छ । राज्यले खेलाडीलाई हेर्नुपर्छ ।’ उनले १० औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा आयोजनाका लागि प्रयास गर्ने समेत बताए ।

मधेश प्रदेशका खेलकुदमन्त्री सिंहले राष्ट्रिय खेलकुदको ट्रफी मधेश प्रदेशमा आउँदा आफुहरु प्रफुलित भएको बताउँदै नवौंको सफलताको शुभकामना व्यक्त गरे । ‘आज हामी प्रफुलित छौँ । मा जानकीको प्रागणमा ट्रफी सार्वजनिक गरेका छौँ । राष्ट्र्रिय खेलकुद देशको गौरवको विषय हो । नवौंको सफलताका लागि कामना गर्छु,’ उनले भने । मन्त्री सिंहले नवौंमा स्वर्ण विजेतालाई ५१ हजार नगदले पुरस्कृत गरिने समेत बताए । उनले आफु आउँदा मधेशको खेलकुद दयनीय रहेको तर मुख्यमन्त्रीको सहयोगले नवौंमा २५ खेल सहभागिता गराउन सफल भएको बताए ।

ट्रफी टुर कार्यदलका संयोजक तथा ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टले राखेपको योजना अनुसार ट्रफीलाई अब ट्रफी अन्तिममा गण्डकी प्रदेशमा लगिने जानकारी दिए । ट्रफी टुर अन्तर्गत बिहीबार बिहान नै विश्व सम्पदा सूचीमा सूचिकृत बसन्तपुरमा प्रदर्शन गरिएको थियो । त्यस्तै बुधबार पाटन दरबार स्क्वायर र पशुपति क्षेत्रमा प्रदर्शनी गरिएको थियो भने आइतबार स्वयम्भुनाथ र बौद्धनाथ स्तुपामा पनि ट्रफी प्रदर्शन गरिएको थियो ।

ट्रफी टुरका लागि राखेपले विष्टको संयोजकत्वमा ५ सदस्सीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं सागका दोहोरो स्वर्ण पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य रहेका छन् । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ ।

Success

Thank you for your time.