default_image

2 years ago

October 2, 2022

‘समन्वयको पहल गर्नेछु’ – राखेप नवनियुक्त सदस्य क्षेत्री

काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीचको समन्वयको लागि आफ्नो भूमिका रहने राखेपका नव नियुक्त सदस्य लेखबहादुर (एलबी) क्षेत्रीले बताएका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान क्षेत्री गत मंगलबार राखेपको बोर्ड सदस्य मनोनयन भएका थिए । मन्त्रीपरिषदको मंगलबारको बैठकले पूर्व कप्तान क्षेत्रीलाई राखेप सदस्यमा मनोनयन गरेको थियो । […]

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीचको समन्वयको लागि आफ्नो भूमिका रहने राखेपका नव नियुक्त सदस्य लेखबहादुर (एलबी) क्षेत्रीले बताएका छन् ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान क्षेत्री गत मंगलबार राखेपको बोर्ड सदस्य मनोनयन भएका थिए । मन्त्रीपरिषदको मंगलबारको बैठकले पूर्व कप्तान क्षेत्रीलाई राखेप सदस्यमा मनोनयन गरेको थियो । ‘मन्त्रालय र राखेपबीच समन्वय अभाव देखेको छु । समन्वय स्थापति गर्नका लागि प्रयास गर्नेछु,’ उनले भने,‘एकल प्रयासमा खेलकुदको विकास सम्भव छैन । यसमा सबैले सहकार्य र समन्वय गर्नैपर्छ ।’

युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमबाट मनोनयनकै दिन पत्र बुझेका क्षेत्री शनिबार गृह नगर बाँकेको कोहलपुर फर्किसकेका छन् । राष्ट्रिय खेलकुद विकास एने २०७७ को दफा ३ को उपदफा टमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी मध्ये सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरि महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेसी, थारु, मुस्मिल, पिछडिएको क्षेत्रको समेत प्रतिनिधित्व हुने गरि नेपाल सरकारले मनोनयन गरेको कम्तीमा तीन महिलासहित नौं जना बोर्ड सदस्य मनोनित गर्न मिल्ने प्रावधान छ ।

त्यसमा कम्तीमा ५० प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी पूर्व खेलाडीमध्यबाट गर्नुपर्ने उल्लेख छ । त्यस अनुसार नियुक्त भएका हरि खड्का पद मुक्त भएपनि क्षेत्री मनोनित भएका हुन् । सरकारले खेलाडीलाईलाई सफलताका आधारमा पुरस्कृत गरिरहेको प्रसंग उल्लेख गर्दै क्षेत्रीले प्रदेशदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता दिलाउने खेलाडीलाई रोजगारको व्यवस्था गर्नका लागि आफ्नो पहल गर्ने बताएका छन् ।

‘खेल्ने समयमा दिइने पुरस्कार ठिक छ,’ उनले थपे,‘खेल जीवनपछि के भन्ने गम्भिर प्रश्न खेलकुदमा छ । खेल जीवनपछि पनि जीवनयापन सहज होस् भन्नका लागि पहल गर्नेपर्छ ।’ कोहलपुर नगरपालिका १० का स्थायी बासिन्दा क्षेत्री नेपाली क्रिकेट टोलीका दोस्रो कप्तान हुन् । सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट सुरु गर्दा क्षेत्री टोलीका सदस्य थिए । १९९८ मा उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएका थिए ।

तीन वर्ष अघि नेपाल क्रिकेट संघ (क्यान)को संक्रमणकाल अन्त्य गर्न आईसीसीद्वारा गठित स्वतन्त्र समितिमा राष्ट्रिय खेलकुद परिषद्का तर्फबाट सदस्य थिए । २०६७ असोज ११ गते क्यानको निर्वाचत सोही स्वतन्त्र समितिले गराएको थियो । संयोग क्यानको निर्वाचन भएको ३ वर्ष पूरा भएकै दिन असोज ११ गते उनी राखेप सदस्यमा मनोनित भएका छन् । बाँकेमा १० वर्ष भन्दा अघि उनकै पहलमा केहि वर्षअघि महिला क्रिकेट सुरु भएको बताइन्छ । क्रिएटिभ बुक्सले ३ वर्षअघि क्षेत्रीको आत्मकथा कप्तान १९९८ प्रकाशित गरेको थियो ।

Success

Thank you for your time.