default_image

1 year ago

October 20, 2022

नवौं राष्ट्रिय खेलकुद- डोपिङका लागि ४० खेलाडीको नमूना संकलन

विजय नेपाली, पोखरागण्डकी प्रदेशमा बिहीबार सम्पन्न हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४० जना खेलाडीको एन्टी डोपिङका लागि नमूना संकलन गरिएको छ । प्रतिबन्धित औषधी तथा उपायहरु प्रयोग गरेको हो या होइन् भनि जाँचका लागि डोपिङ संकलन गरेको हो । दशक लामो राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहासमै पहिलो पटक यति ठूलो मात्रामा डोपिङ परिक्षणका लागि ४० नमूना […]

138 views

0 Bookmark

विजय नेपाली, पोखरा
गण्डकी प्रदेशमा बिहीबार सम्पन्न हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४० जना खेलाडीको एन्टी डोपिङका लागि नमूना संकलन गरिएको छ । प्रतिबन्धित औषधी तथा उपायहरु प्रयोग गरेको हो या होइन् भनि जाँचका लागि डोपिङ संकलन गरेको हो ।

दशक लामो राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहासमै पहिलो पटक यति ठूलो मात्रामा डोपिङ परिक्षणका लागि ४० नमूना संकलन गरि कतार पठाइएको हो । एन्टि डोपिङ कमिटिका सचिव डा. ज्ञानेन्द्र विक्रम शाहले विभिन्न खेलका ४० नमूना संकलन गरि कतारका लागि पठाएको जानकारी दिए ।

‘हामीले विभिन्न खेलका खेलाडीको नमूना संकलन गरेका हौं । हामीले २ स्टेशन बनाएर नमुना संकलन गराएका हौं’ उनले भने,‘पौडीको खेल टाढा भएकाले फिस्टेल एकेडेमीमा र बुद्धचोक स्थित होटल टाक्स इन्टरनेशनलमा अर्को स्टेशन राखेका थियौं ।’

पोखरामा संकलन गरेको नमूनालाई सुरक्षित तरिकाले काठमाडौं पठाइएको र आज कतार लाने उनले जानकारी दिए । विश्वभरका एन्टी डोपिङ परीक्षण कतारमा हुन्छ । सोही प्रयोगशालामा ४० नमूना संकलन पठाइएको हो । ‘यस्को आफ्नौ ल्याब हुन्छ । त्यो ल्याब भनेको कतारमा छ । हामीले सबै पोखराबाट पठाइसकेका छौँ । कुरियर गरेर पठाउँछौँ । आज काठमाण्डौं होला अब कतार जान्छ ।’

बढी रकम दिएमा ४८ घण्टाभित्र प्रतिवेदन (रिपोर्ट ) निस्किने उनले बताए । एन्टी डोपिङ पोजेटिभ आएमा नेपाल ओलम्पिक कमिटिमा जानकारी आउने उनले बताए । डोपिङका लागि भारोत्तोलन, फेन्सिङ, ह्यान्डबल, एथलेटिक्स, फुल कन्ट्याक्ट कराँते, उसुका खेलाडीको डोपिङ परीक्षणका लागि नमूना पठाइएको हो ।

Success

Thank you for your time.