default_image

8 hours ago

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

341 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे।

पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए।

बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै युनाइटेडका पुनः अग्रता दिलाए।

दोस्रो हाफमा बर्नमाउथले राम्रो पुनरागमन गर्‍यो। मार्कस टाभर्नियरको पासमा ४६ औं मिनेटमा एभानिल्सनले बराबरी गोल गरे। टाभर्नियरले ५२ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै बर्नमाउथलाई ३-२ ले अगाडि बढाए।

युनाइटेडले पनि हार मानेन । कप्तान ब्रुनो फर्नान्डेजले ७७ औं मिनेटमा फ्रिकिकमा सुन्दर गोल गरे र त्यसको दुई मिनेटमै मातेउस कुन्हाले गोल गर्दै युनाइटेडलाई ४-३ को अग्रता दिलाए।

तर ८४औं मिनेटमा वैकल्पिक खेलाडी जुनियर क्रोपीले गोल गर्दै बर्नमाउथलाई बराबरी दिलाए। इन्जुरी समयमा बर्नमाउथले जित निकाल्ने मौका पनि बनाएको थियो तर गोल हुन सकेन।

यो बराबरीसँगै युनाइटेड २६ अंकसहित लिगको छैटौँ स्थानमा पुगेको छ । बर्नमाउथ १३औँ स्थानमा छ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.