default_image

1 year ago

October 20, 2022

ट्रिपल जम्पमा शिला र डिल्लीलाई स्वर्ण

पोखरा– एपीएफ क्लबकी शिला चौधरीले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ट्रिपल जम्पमा स्वर्ण पदक जितेकी छिन् । पोखरा रंगशालामा बिहीबार भएको ट्रिपल जम्पमा शिलाले ११.०१ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् । नेपाल पुलिस क्लबकी सिमा चौधरीले १०.७६ मिटर जम्प गर्दै रजत जितिन् । कास्य जितेकी एपीएफकी रन्जिता राईले ९.९१ मिटर जम्प गरिन् । एथलेटिक्सको […]

248 views

0 Bookmark

पोखरा– एपीएफ क्लबकी शिला चौधरीले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ट्रिपल जम्पमा स्वर्ण पदक जितेकी छिन् ।

पोखरा रंगशालामा बिहीबार भएको ट्रिपल जम्पमा शिलाले ११.०१ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् । नेपाल पुलिस क्लबकी सिमा चौधरीले १०.७६ मिटर जम्प गर्दै रजत जितिन् । कास्य जितेकी एपीएफकी रन्जिता राईले ९.९१ मिटर जम्प गरिन् ।

एथलेटिक्सको पुरुष ट्रिपल जम्पमा आर्मीका डिल्ली खत्रीले स्वर्ण पदक जितेका छन् । डिल्लीले १३.९५ मिटर जम्प गर्दै स्वर्ण पदक जितेका हुन् । पुलिसका चन्द्रदेव जोशी १३.५५ मिटर जम्प गर्दै रजत जित्दा बागमती प्रदेशका सुदिप महतो १३.४४ मिटर जम्प गर्दै कास्य जित्न सफल भएका छन् ।

Success

Thank you for your time.