default_image

1 year ago

April 12, 2023

एसियाडमा २३ खेलका १ सय ६८ खेलाडीले भाग लिने!

काठमाडौं (हाम्रो खेलकुद)– चीनमा आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) को छ महिना अघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कम्तीमा २३ खेलका १ सय ६८ खेलाडीको सहभागिता गराउने निश्चित गरेको छ ।१९ औं एसियाड चीन हान्जाउमा असोज ६ देखि २१ गते सम्म आयोजना हुनेछ । रणनीतिक (पदक जित्ने सम्भावना भएको) र आम सहभागिताका हिसाबले […]

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– चीनमा आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) को छ महिना अघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कम्तीमा २३ खेलका १ सय ६८ खेलाडीको सहभागिता गराउने निश्चित गरेको छ ।१९ औं एसियाड चीन हान्जाउमा असोज ६ देखि २१ गते सम्म आयोजना हुनेछ ।

रणनीतिक (पदक जित्ने सम्भावना भएको) र आम सहभागिताका हिसाबले एसियाली खेलकुदमा भाग लिने २३ खेललाई तीन वटा श्रेणीमा विभाजन गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।
राखेपले पदकको बढी सम्भावना देखेको बक्सिङ, तेक्वान्दो, करातेलाई उच्च प्राथमिकता, ११ खेल एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, ट्रायथोलन, उसु, भलिबल, कुस्ती, पौडी, भारोत्तोलनलाई प्राथमिकता र बाँकीलाई अर्को श्रेणीमा राखेको छ ।

राखेपले खेलाडी छनोट र प्रशिक्षणको समय तालिका समेत तयार पारेको सदस्य सचिवले जानकारी दिए । उनका अनुसार वैशाख ३ देखि ७ गते सम्म पहिलो चरणमा ४ सय २५ खेलाडी छनोट हुनेछ । वैशाखको ८ गते देखि १० गते सम्म ती छनोट भएका खेलाडीको स्वास्थ परिक्षण गरिने जनाउको छ । पहिलो चरणमा छनोट भएका खेलाडीलाई वैशाख ११ देखि जेठ ३ गते सम्म प्रशिक्षण रहनेछन् ।

दोस्रो चरणको खेलाडी छनोट जेठ ४ र ५ गते दुई दिन गरिने छ त्यसमा २ सय ९५ खेलाडी दोस्रो चरणमा छनोट हुनेछन् । ती खेलाडीको पुनः स्वास्थ्य परिक्षण गरि जेठ ६ देखि २५ गते सम्म प्रशिक्षण हुनेछ । अन्तिम चरणको छनोट जेठ २६ देखि असार १ गते सम्म गरिने घिसिङले बताए । त्यसबाट १ सय ६८ खेलाडी छनोट गरिने र एसियाली खेलकुद सम्म निरन्तर प्रशिक्षण राखिनेछ ।

घिसिङका अनुसार पदकको सम्भावना भएका खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लगिने छ भने कतिपय खेलका विदेशी प्रशिक्षकलाई नेपाल ल्याइनेछ । उच्च प्राथमिकतामा रहेको करातेले भने पहिलो चरणका ४८ खेलका खेलाडी छनोट गरेर प्रशिक्षण सुरु गरिसकेको छ ।

२३ बाहेक अन्य ४ खेल टेनिस, स्क्वास, रग्बी र इ स्पोर्टस् तथा पुरुष भलिबलका लागि पनि एसियाडमा सहभागि गराउन आफूले पहल गर्ने पनि सदस्य सचिव घिसिङले बताए । एसियाडको तयारीका लागि १० करोड रुपैयाँ माग भएको र २ करोड विनियोजन भइसकेको बताइएको छ । १८ औं एसियाडमा नेपालले २९ खेलका १ सय ८७ खेलाडीले भाग लिएका थिए । जसमा प्याराग्लाडिङमा नेपालले एक मात्र रजत पदक जितेको थियो ।

एसियाडमा भाग लिने खेलको प्राथमिकता

उच्च प्राथमिकता– बक्सिङ, तेक्वान्दो, कराते

प्राथमिकता– एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, जुडो, ट्रायथोलन, उसु, महिला भलिबल, कुस्ती, पौडी, भारोत्तोलन

अन्य – आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, ह्याण्डबल, टेबल टेनिस, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन

Success

Thank you for your time.