default_image

1 hour ago

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ।

टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ।

सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको छ।

गत संस्करणको फाइनलिष्ट सुदूरपश्चिम उच्च फर्ममा छ। यो पटक उसको विदेशी र नेपाली खेलाडीको कम्बिनेसन उत्कृष्ट छ।

कप्तान दीपेन्द्र सिंह ऐरीको कप्तानी र प्रदर्शन प्रभावशाली रहेको छ। क्वालिफायर वानमा पुगिसकेको कारण आजको नतिजाले सुदूरपश्चिमलाई खास असर गर्दैन। तर जितको मोमेन्टमलाई कायमै राख्दै सुदूरपश्चिम अगाडि बढ्न चाहन्छ।

यही अपराजित टिमलाई हराउँदै विराटनगर पनि क्वालिफायर वानमा प्रवेश गर्न चाहन्छ। ७ खेल खेलिसकेको काठमाडौंसँग १० अंक रहेको छ। विराटनगर हारेको खण्डमा काठमाडौं क्वालिफायरमा पुग्नेछ। जितले भने विराटनगरको संभावना रहनेछ। विराटनगरले खेल जिते दुवै टोलीको समान १० अंक हुनेछ। रन रेटको आधारमा एक टिम क्वालिफायर वानमा पुग्नेछ।

विराटनगरले खेलेको ६ खेलमा २ मा हार र ४ मा जित निकालेको छ। उसको ८ अंक छ। पछिल्लो खेलमा दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिसको ब्याटिङको‌ जादु चल्न सकेन। आज उनको प्रदर्शन प्रमुख रहन सक्छ।

आज हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ। दुवै टोली लिग चरणबाट बाहिरिसकेका छन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.