default_image

7 years ago

June 7, 2017

जाँदा जाँदै मन्त्रीले गरे सदस्य सचिव विष्टको आलोचना

काठमाडौं (हाम्रो खेलकुद)– नेकपा माओवादी केन्द्रका नेता दलजित विके श्रीपालीले युवा तथा खेलकुद मन्त्रीका रुपमा अन्तिम पटक सम्बोधन गर्ने क्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टबाट जिम्मेवारी पुरा नगर्ने र काममा गतिशिलता नभएको आरोप लगाएका छन् । झन्डै ११ महिना खेलकुद मन्त्रीको जिम्मेवारी पुरा गरेर मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा श्रीपालीले भने,‘सैद्धान्तिक […]

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेकपा माओवादी केन्द्रका नेता दलजित विके श्रीपालीले युवा तथा खेलकुद मन्त्रीका रुपमा अन्तिम पटक सम्बोधन गर्ने क्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टबाट जिम्मेवारी पुरा नगर्ने र काममा गतिशिलता नभएको आरोप लगाएका छन् ।

युवा तथा खेलकुद मन्त्रीका रुपमा मंगलबार अन्तिम पत्रकार सम्मेलन गर्दै दलजित विके श्रीपाली (दायाँबाट दोस्रो ) ।

झन्डै ११ महिना खेलकुद मन्त्रीको जिम्मेवारी पुरा गरेर मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा श्रीपालीले भने,‘सैद्धान्तिक रुपमा नै हामी अलग अलग विचारका हौ । अर्को कुरा मलाई कला आउँदैन । कस्मेटिक म जान्दिन ।’ उनले मन्त्रीका रुपमा सदस्य सचिव विष्टलाई बारम्बार जिम्मेवारी पुरा गर्न भनेपनि उनी त्यसमा गम्भिर नभएको बताए । ‘उहाँबाट जिम्मेवारी पुरा भएन । कतिपय सवालमा हामीले उहाँलाई सम्झाउने प्रयास गरेका हौं,’ उनले थपे, ‘उहाँ देश विदेश बढी जाने भएकाले त्यसले काममा प्रभाव पर्यो । काममा गतिशिलता भएन ।’

मन्त्रीका रुपमा श्रीपालीले आफुुले कुनै अपारदर्शिता नभएको उल्लेख गर्दै आफ्नो कार्यकाललाई सफल मानेको बताएका छन् । ‘हामीले नीतिगत सुधारको प्रयास गरेका छौं, खेलकुदलाई नयाँ उचाईमा पुर्याउने काम गरेका छौं’ उनले भने, ‘इतिहासकै सफल प्रधानमन्त्रीको नेतृत्वमा हामीले पनि आफ्नो कार्यकाल सुखद रुपमा अन्त्य गरेका छौं भन्ने ठानेका छौं ।’ युवा तथा खेलकुद मन्त्रमा आफुले सम्पादन गरेको मुख्य काम भन्दै २९ बुँदा सार्वजनिक गरेका श्रीपालीले खेलकुद विवादको अन्त्यतिर पुगेपनि टुंगाउन भने बाँकी रहेको स्वीकारे ।
क्रिकेटका विषयमा
नेपाल क्रिकेट संघ (क्यान) को विवाद समाधानका लागि सल्लाहकार समिति गठन गर्नुलाई सफलता मानेका मन्त्रीले विवाद अन्त्य पूर्ण रुपमा भने नभइसकेको स्वीकार गरे । उनले भने ‘हामी विवाद समाधानको लगभग अन्तिम चरणमा पुगेका थियौं । अब केही काम मात्र बाँकी छ ।’

नेपाल ओलम्पिक कमिटी (एनओसी) विवाद
लामो समयदेखि चल्दै आएको ओलम्पिक विवाद केही व्यक्तिगत स्वार्थका कारण मिल्न नसकेको बताए । श्रीपालीले भने, ‘ओलम्पिक विवाद कुनै पार्टीको झगडा जस्तो बन्न गएको छ । फोर्स प्रयोग भएको छ । अन्तर्राष्ट्रिय मान्यताका नाममा बल मिचाई गर्न हुन्न भन्ने हाम्रो भनाई हो ।’ २०६७ देखि दोहोरो अस्तित्व रहेको एनओसीको पछिल्लो विवाद पुनः सर्वोच्च अदालतमा विचाराधिन छ ।

जीवनराम श्रेष्ठको अध्यक्षतामा रहेको एनओसीलाई अन्तर्राष्ट्रिय मान्यता छ । सर्वोच्च अदालतको निर्णयबाट ब्यूतिएको रुक्म शम्सेर राणा अध्यक्ष रहेको एनओसीलाई पनि अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलको मान्यता छैन । यी दुई एनओसीका कारण नेपाली खेलकुद भने लामो समयदेखि अन्यौल बनिरहेको छ ।

युवा तथा खेलकुद मन्त्रीका रुपमा मंगलबार अन्तिम पत्रकार सम्मेलन गर्दै दलजित विके श्रीपाली (दायाँबाट दोस्रो ) ।

श्रीपालीले आफ्नो कार्यकालमा नीतिगत सुधारका लागि काम भएको उल्लेख गर्दै त्यसको सकारात्मक परिवर्तनका लागि भने केही समय लाग्ने बताए । उनले खेलकुद विकास ऐन २०४८ लाई प्रतिस्थापन गर्न खेलकुद विधेयकको मस्र्यादा मन्त्रीपरिषद्बाट स्वीकृत भइ विधेयक समितिमा गएको, स्थानिय खेलकुद पर्वाधार कार्यविधि स्वीकृत भएको, खेलकुद विकासको १० बर्षे गुरु योजना तर्जुमाको अन्तिम चरण पुगेका, १३ औं दक्षिण एसियाली खेलकुद आयोजनाका लागि काठमाडौं, पोखरा र च्यासलको रंगशालाको डिपिआर तयारीका लागि काम अघि बढेको बताए ।

भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको , खेलकुद अस्पताल र खेलकुद विश्वविद्यालय स्थापनाका लागि अवधारण तयार पारेको, खेलाडी कल्याणकारी कोष, खेलाडी स्वास्थ्य विमा, परिचय पत्र व्यवस्थापनका लागि प्रक्रिया अघि बढेको पनि उनले आफ्नो कार्यकालको मुख्य उपलब्धिका रुपमा चर्चा गरेका छन् ।

आफुले खेलकुदमा सुधारको थालनी गरेको दाबी गर्दै अब आउने मन्त्रीले त्यसलाई पूर्णता दिन सुझाए । ‘खेलकुद जगतमा देखिएको विवादको समाधानका पहल गरेका छौं’ उनले भने, ‘योबीचमा खेलकुद नयाँ चरणमा प्रवेश गरेको छ । नीतिगत सुधारका लागि थ्रुपै पहल भएका छन् ।’ उनले सञ्चारजगतले आफुलाई सधै साथ दिएको स्मरण गर्दै भने, ‘एकाध सञ्चारमाध्यमले बाहेक मेरो नाकारात्मक चर्चा भएन ’ उनले थपे, ‘आफुले सुरु गरेको सुधारलाई पुरा गर्न पुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु पर्ने देखिएको छ । तर आउनै पर्छ भन्ने होइन । तर फेरी आउने अवसर मिल्यो भने अब सांगठानिक संरचनालाई बदल्नेछु । ’

युवा तथा खेलकुद मन्त्रीका रुपमा दलजित श्रीपालीले आफुले गरेको कामलाई यसरी बुँदागत रुपमा प्रस्तुत गरेका थिए ।

Success

Thank you for your time.