1 hour ago
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ।
टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय ३० रन बनाएको थियो।
चितवनले बिर्सनलायक सुरुवात गर्यो। पहिलो क्रमका ३ खेलाडी आउट हुँदा ७ रन मात्र बनायो। ओपनर अर्जुन साउद धनन्जय लक्समको बलमा १ रनमा बोल्ड आउट भए। ६ रन जोड्दा पहिलो विकेट गुमायो।
त्यसपछि अर्का ओपनर डविट मलान ५ रनमा लक्समकै बलमा आउट भए। लगत्तै रवि बोपरा पनि मात्र १ रनमा विपन खत्रीको बलमा कुशल भुर्तेलद्वारा क्याच आउट गरे। कुशल उत्कृष्ट वान ह्यान्डेड डाइभ गर्दै क्याच लिए। पहिलो पावर प्लेमा चितवनले मात्र २३ रन जोड्दै खराब सुरुवात गर्यो।
यसपछि चौथो विकेटको रूपमा सेफ जेब १७ रन जोडेर रोहित चन्दको बलमा आउट भए। रोहितले एनपिएलको डेब्यु खैलमा नै विकेट लिए। १० ओभरको समाप्तिमा चितवनले ४ विकेट गुमाउँदा ४८ रन मात्र बनायो।
पाँचौं विकेटको रुपमा देव खनाल पबिलियन फर्किए। ४१ बल खेल्दै १ चौका र १ छक्का सहित ३५ रनमा किरण ठगुन्नाको बलमा जेसन रोयद्वारा क्याच आउट भए। यतिखेर टिमले ७० रन बनाएको थियो।
देव नै टोलीको लागि सर्वाधिक रन जोड्ने खेलाडी बने। यसपछि कुशल मल्ल २३ बलमा २३ रन बनाएर लक्समको बलमा आउट भए। यसपछि अल्पेश रामजानी अविजित ३३ रनमा रहे।
बलिङमा धनन्जय लक्समले सर्वाधिक ३ विकेट लिए। विपिन, रोहित र किरणले १/१ विकेट लिए।
त्यसअघि आज भएको पहिलो खेलमा शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्सलाई ४ विकेटले हराउँदै विराटनगर किंग्स एनपिएलको क्वालिफायर वानमा प्रवेश गरेको ।
क्वालिफायर वानमा विराटनगर र सुदूरपश्चिमबीच खेल हुनेछ। एलिमिनेटरमा काठमाडौं र लुम्बिनी लायन्सबीच खेल हुनेछ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]