default_image

7 years ago

August 11, 2017

आठौं राष्ट्रिय खेलकुद सचिवालय संयोजकमा हमाल

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा आठौं राष्ट्रिय खेलकुद– २०७५ सचिवालय गठन गरिएको छ । अर्को बर्ष मध्यपश्चिमाञ्चलमा हुने आठौं राष्ट्रिय खेलकुद आयोजना तयारी अनुगमन, निरिक्षणलगायतका कार्य गर्नका लागि अत्यवाश्यक भएको उल्लेख गर्दै ओलम्पियन समेत रहेका हमालको संयोजकत्वमा ६ सदस्यीय सचिवालय गठन गरिएको राखेपले जनाएको छ । सचिवालयका सदस्यमा […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा आठौं राष्ट्रिय खेलकुद– २०७५ सचिवालय गठन गरिएको छ । अर्को बर्ष मध्यपश्चिमाञ्चलमा हुने आठौं राष्ट्रिय खेलकुद आयोजना तयारी अनुगमन, निरिक्षणलगायतका कार्य गर्नका लागि अत्यवाश्यक भएको उल्लेख गर्दै ओलम्पियन समेत रहेका हमालको संयोजकत्वमा ६ सदस्यीय सचिवालय गठन गरिएको राखेपले जनाएको छ ।

राखेप कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल

सचिवालयका सदस्यमा राखेपकी सदस्य शान्ति सिंह, राखेपका सदस्य विनोद मैनाली, राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहाल र मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली रहेका छन् । सचिवालयको सचिवको जिम्मेवारी राखेपका प्रशासकीय अधिकृत ईन्द्रबहादुर कार्कीलाई दिइएको छ ।

गत जेठ २० गते बसेको राखेपको एक सय आठौं बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद हालकै संरचना कायम रहेको अवस्थामा मध्यपश्चिमाञ्चलमा गर्ने निर्णयलाई अनुमोदन गरेको थियो । त्यसअघि गत पुस १५ गते पूर्वाञ्चलको धरानमा भएको सातौं राष्ट्रिय खेलकुदको समापनका अवसरमा २०७५ सालमा गर्ने गरी आठौं राष्ट्रिय खेलकुदको झण्डा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई हस्तान्तरण गरिएको थियो ।

त्यत्ति बेला मन्त्रीस्तरीय निर्णय भएकोमा एक सय आठौं बोर्ड बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको थियो । यदि नयाँ संरचना कार्यान्वयन भएमा सोही वर्षको मंसिरमा आठौं राष्ट्रिय खेलकुद प्रदेश नं. ५ को बाँके र दाङमा गर्ने निर्णय समेत गरेको थियो ।

Success

Thank you for your time.