default_image

7 years ago

August 15, 2017

कीर्तिपुरमा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय कभर्डहल निर्माण हुने

काठमाडौं (हाम्रो खेलकुद)– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हाता भित्र ५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय बहुउद्देश्यी कभर्ड हल निर्माण हुने भएको छ । कभर्ड हल निर्माणका लागि त्रिविले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७४ रोपनी ५ आना २ पैसा २.१२ दाम जग्गा उपलब्ध गराएको बताइएको छ । झन्डै ८२ करोड रुपैयाँको लागतमा हुने कभर्ड हल निर्माण हुने राखेपले […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हाता भित्र ५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय बहुउद्देश्यी कभर्ड हल निर्माण हुने भएको छ । कभर्ड हल निर्माणका लागि त्रिविले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७४ रोपनी ५ आना २ पैसा २.१२ दाम जग्गा उपलब्ध गराएको बताइएको छ ।

झन्डै ८२ करोड रुपैयाँको लागतमा हुने कभर्ड हल निर्माण हुने राखेपले जानकारी दिएको छ । प्राप्त जग्गामध्ये २४ रोपनी पार्किङको लागि छुट्टाइएको छ, जहाँ २ सय ३५ वटा गाडी र ३ सय ८७ मोटसाइकल पार्किङ गर्न सकिनेछ जनाइएको छ । कभर्डहलमा अन्तर्राष्ट्रियस्तरको जिम्नेजियम हल, प्रशासनीक भवन, खेलकुद शिक्षा विभाग, पुनर्ताजगी कक्ष, म्याच अफिसियल कक्ष, खेलाडीको चेन्जिङ कक्ष, मिडिया कक्ष, इन्डोर प्राक्टिस कक्षलगायत रहने छन् ।

मन्त्री केसीले कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको कभर्डहल बन्नु कीर्तिपुर वासी, त्रिवि र सिंगो राष्ट्रका लागि गर्वको विषय भएको बताए । उनले निर्माण कार्यमा पैसाको कमी हुन नदिने प्रतिबद्धता जनाउदै द्रुत गतिमा काम अगाडि बढाउन समेत निर्देशन दिए । उनले नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पनि पूर्वाधारको आवश्यकता रहेको बताउदै छिटो, बलियो र टिकाउ प्रविधिलाई अंगालेर निर्माण कार्य सक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले १३ औं सागमा प्रयोग गर्न मिल्ने गरी कभर्डहल निर्माण पूरा गर्ने लक्ष्य रहेको बताउदै सबैको साथ र सहयोग पाए त्यो असम्भव नभएको बताए । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुरवासीका लागि विशेष अवसर भएको बताउदै आफ्नो तर्फबाट पनि निर्माण कार्यमा सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहालले राम्रो कामको सुरुआत भएको बताए ।

Success

Thank you for your time.