default_image

7 years ago

August 22, 2017

राखेप उपाध्यक्ष शेर्पालाई काम नगराउन मन्त्रीको निर्देशन

प्रकाश तिमल्सिना काठमाडौं – युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन) ले उपाध्यक्ष लामा टेन्डी शेर्पालाई खेलकुद सम्बन्धी कुनै काम नलगाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएका छन् । टेन्डीविरुद्ध झन्डै तीन बर्ष अघि देखिनै फौजदारी मुद्दा चलिरहेका कारण भन्सार कार्यालयबाट प्राप्त पत्रका आधारमा राखेपका अध्यक्ष समेत रहेका मन्त्रीले मंगलबार यस्तो निर्देशन दिएका हुन् […]

44 views

0 Bookmark

प्रकाश तिमल्सिना
काठमाडौं – युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन) ले उपाध्यक्ष लामा टेन्डी शेर्पालाई खेलकुद सम्बन्धी कुनै काम नलगाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएका छन् ।

टेन्डीविरुद्ध झन्डै तीन बर्ष अघि देखिनै फौजदारी मुद्दा चलिरहेका कारण भन्सार कार्यालयबाट प्राप्त पत्रका आधारमा राखेपका अध्यक्ष समेत रहेका मन्त्रीले मंगलबार यस्तो निर्देशन दिएका हुन् । मन्त्री केसीले हाम्रो खेलकुद डटकमसँग भने ‘भन्सारबाट प्राप्त पत्रको आधारमा मुद्दाको किनारा नलाग्दा सम्म खेलकुदको कुनै पनि काम नगर्नु नगराउनु निर्देशन दिएको छु ।’

नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघका महासचिव समेत रहेका शेर्पा अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव र नेपाल बास्केबट संघका अध्यक्ष हुन् । उनी एमालेको सिफारिसमा तीन बर्षअघि राखेप उपाध्यक्षमा मनोनित भएका थिए ।

भन्सार छलेर झण्डै २५ तोला सुन ल्याउँदै गर्दा शेर्पा २०७१ चैत १४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए । हङकङबाट स्वदेश फर्कदा उनी राति पक्राउ परेका हुन् । शंका लागेर चेकजाँच गर्दा लामाको साथबाट सुन बरामत भएको बताइएको थियो । पछि उनी १३ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

Success

Thank you for your time.