default_image

7 years ago

August 31, 2017

राज्य मन्त्री चौधरीलाई राखेपको स्वागत

काठमाडौं (हाम्रो खेलकुद)– नवनियुक्त युवा तथा खेलकुद राज्यमन्त्री तेलुलाल चौधरीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वागत गर्दै बधाई दिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मन्त्री चौधरीलाई राखेप सदस्य–सचिव केशवकुमार विष्टले मायाको चिनो प्रदान गरे । परिषद्का कर्मचारी, खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडीले पनि राज्यमन्त्री चौधरीलाई स्वागत गरे। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले सामूहिक प्रयासबाट […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नवनियुक्त युवा तथा खेलकुद राज्यमन्त्री तेलुलाल चौधरीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वागत गर्दै बधाई दिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मन्त्री चौधरीलाई राखेप सदस्य–सचिव केशवकुमार विष्टले मायाको चिनो प्रदान गरे ।


युवा तथा खेलकुद राज्यमन्त्री तुलुलाल चौधरी (दायाँ) लाई मायाको चिनो प्रदान गर्दै राखेप सदस्य सचिव केशवकुमार विष्ट ।

परिषद्का कर्मचारी, खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडीले पनि राज्यमन्त्री चौधरीलाई स्वागत गरे। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले सामूहिक प्रयासबाट खेल क्षेत्रको विकास सम्भव हुने बताउदै सबैलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गरे । उनले आफूले पाएको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्न प्रतिबद्ध रहेको बताउदै खेलकुदमा रहेका बेथितिलाई सुधार गर्नुपर्नेमा जोड दिए ।

सदस्य–सचिव विष्टले खेल क्षेत्र बुझेको र खेलकुदमै समर्पित व्यक्तिले खेलकुदको जिम्मेवारी पाउनु सिंगो खेल क्षेत्रका लागि गर्वको विषय भएको बताउदै उहाँको नियुक्तिले खेलकुद क्षेत्रमा लागेर पनि उच्च अहोदामा पुग्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेको बताए ।

 

Success

Thank you for your time.