default_image

6 years ago

December 9, 2017

एनओसी अध्यक्ष श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । वामगठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नं ८ को उम्मेदवार रहेका नेकपा एमालेका केन्द्रिय सदस्य श्रेष्ठले नेपाली काँग्रेसका नविन्द्र राज जोशीलाई पराजित गरेका हुन् । यसअघि सोही क्षेत्रमा जोशीसँग दुई पटक पराजित भएका श्रेष्ठ यसपटक ४ सय ४४ मतले […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । वामगठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नं ८ को उम्मेदवार रहेका नेकपा एमालेका केन्द्रिय सदस्य श्रेष्ठले नेपाली काँग्रेसका नविन्द्र राज जोशीलाई पराजित गरेका हुन् ।

निर्वाचित भएपछि जीवनराम श्रेष्ठ ।

यसअघि सोही क्षेत्रमा जोशीसँग दुई पटक पराजित भएका श्रेष्ठ यसपटक ४ सय ४४ मतले विजयी भएका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव समेत रहेका श्रेष्ठले १३ हजार ३ सय ९७ मत प्राप्त गरेका थिए । जोशीले १२ हजार ९ सय ५३ मत प्राप्त गरेका थिए ।

युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले काठमाडौं क्षेत्र नं १० मा अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार केसीले १७ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हितमान शाक्यले १५ हजार २ सय ३३ मत प्राप्त गरेका छन् ।

 

Success

Thank you for your time.