default_image

3 years ago

July 5, 2021

कोषबाट ४ खेलाडीलाई उपचार खर्च

काठमाडौं (हाम्रो खेलकुद) – चार खेलाडीले राष्ट्रिय खेलाडी कल्याणकारी कोषबाट सोमबार उपचार खर्च प्राप्त गरेका छन् । अलग अलग खेलका चार खेलाडीलाई २ लाख ९ हजार ६ सय ५५ रुपैयाँ प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जानकारी गराए । ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापा […]

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चार खेलाडीले राष्ट्रिय खेलाडी कल्याणकारी कोषबाट सोमबार उपचार खर्च प्राप्त गरेका छन् । अलग अलग खेलका चार खेलाडीलाई २ लाख ९ हजार ६ सय ५५ रुपैयाँ प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जानकारी गराए ।

ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापा मगरलाई समान ८० हजार, जुडोकी सुनिता बोहरालाई ३० हजार तथा उसुकी सिलु डंगोललाई १९ हजार ६ सय ५५ रुपैयाँ प्रदान गरिएको हो । सुदूरपश्चिम प्रदेशमा रहेकी जुडोकी सुनिताको रकम नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलाई हस्तान्तरण गरिएको थियो । खेलाडी संघका उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य हरि खड्काले खेलाडीलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे ।

चालू आर्थिक वर्षमा कोषले यि ४ खेलाडीसहित १३ खेलाडीलाई उपचार खर्चवापत जम्मा ११ लाख ३४ हजार ६ सय ५५ रुपैयाँ वितरण गरिसकेको बताइएको छ । यसअघि विभिन्न ५ खेलका खेलाडी र पूर्व खेलाडी गरी ९ जनालाई ९ लाख २५ हजार रुपैयाँ प्रदान गरिसकेको कोषले जनाएको छ ।

२०६८ सालमा १ करोड रकमबाट कोष स्थापना गरिएको थियो । हाल कोषमा जम्मा १ करोड ४० लाख रपैयाँ रहेको सदस्य–सचिव श्रेष्ठले बताए । कोषमा रहेको रकमको ब्याजबाट विभिन्न कारणले समस्यामा पर्दै आएका खेलाडीलाई सहयोग गर्ने गरिएको छ ।

Success

Thank you for your time.