default_image

7 years ago

November 3, 2016

सातौं राष्ट्रिय खेलकुदका लागि सम्पर्क कार्यालय स्थापना

काठमाडौं (हाम्रो खेलकुद) – तीन पटक सम्म सरेको र नयाँ मिति घोषणा नभएपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सातौं राष्ट्रिय खेलकुद सचिवालयको सम्पर्क कार्यालय स्थापना भएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टले बिहीबार कार्यालयको उद्घाटन गरे । कार्यालय विराटनगरको वीरेन्द्र सभागृहमा स्थापना गरिएको हो । सम्पर्क कार्यालयको प्रमुखमा वरिष्ठ अधिकृत लवभक्त श्रेष्ठलाई तोकिएको छ […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीन पटक सम्म सरेको र नयाँ मिति घोषणा नभएपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सातौं राष्ट्रिय खेलकुद सचिवालयको सम्पर्क कार्यालय स्थापना भएको छ ।

bista

राखेपका सदस्य सचिव केशवकुमार विष्टले बिहीबार कार्यालयको उद्घाटन गरे । कार्यालय विराटनगरको वीरेन्द्र सभागृहमा स्थापना गरिएको हो । सम्पर्क कार्यालयको प्रमुखमा वरिष्ठ अधिकृत लवभक्त श्रेष्ठलाई तोकिएको छ । श्रेष्ठका अनुसार हाल कार्यालयमा ८ जना कर्मचारी छन् । सभागृहमै सदस्य–सचिव विष्टको कार्यकक्ष पनि व्यवस्था गरिएको छ ।

सम्पर्क कार्यालयले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद सम्बन्धी सम्पूर्ण कामको समन्वय गर्ने श्रेष्ठले बताए । सातौंका लागि केन्द्रबाट हुने विभिन्न गतिविधि र निर्देशनका विषयमा सम्पर्क कार्यालयले सरोकार निकायलाई जानकारी गराउनेलगायतका काम गर्नेछ ।

Success

Thank you for your time.