57 minutes ago
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ।
खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो ।
जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त प्रहार पोस्टमा लागेर फर्कियो।
दोस्रो हाफ सुरु भएपछि पनि युनाइटेडले खेलमा दबाब बनाइराख्यो । त्यसैको परिणामस्वरूप ५८ औँ मिनेटमा डियोगो डालोटले घरेलु टोलीका लागि गोल गर्दै अग्रता दिलाए। यो गोल डालोटको ओल्ड ट्राफोर्डमा प्रिमियर लिगमा पहिलो गोल पनि हो। अग्रतापछि युनाइटेडले थप गोलको लागि प्रयास जारी राख्यो ।
८३ औं मिनेटमा वेस्ट हमका लागि सुङगोटू मगार्साले बराबरी गोल गरे। मगार्साको वेस्ट हमका लागि पहिलो प्रिमियर लिग गोल थियो।
१४ खेलको समाप्तिमा समान २२ अंक रहेको युनाइटेड लिभरपुललाई पछि पार्दै तालिकाको आठौँ स्थानमा पुगेको छ। टोलीले पाँचौँ स्थानमा उक्लिने मौका भने गुमायो। शीर्ष स्थानको आर्सनलको ३३ अंक छ। वेस्ट हम १८ औँ स्थानमै छ ।
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]
December 4, 2025
एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो । उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो […]