default_image

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमी (बिसिसिए) ले प्रथम रेडमड इन्डो-नेपाल महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम खेलमा ४९ रनको जित हासिल गरेसँगै नेपाल ३-१ ले विजयी भएको हो ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनगर क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको विसिसिएले निर्धारित ३० ओभरमा ४ विकेट गुमाई १ सय ४४ रनको स्कोर बनाएको थियो । घरेलु टोलीका लागि कप्तान रुविना क्षेत्रीले ५९ रन बनाउँदा सम्झना खडकाले नटआउट २४ रन बनाइन् । भारतकी कप्तान रितु भोस्लले सर्वाधिक २ विकेट लिए ।

जवाफमा १ सय ४५ रनको लक्ष्य पछ्याएको पाहुना टोली भारतीय महिला टोलीले २६ दशमलव १ बलमा ९५ रनमा सिमित भयो । भारतकी रितु भोस्लेले १८ रन बनाउँदा दिक्षा सिंहले १३ रन बनाइन् । बिसिसिएकी अस्मिना कर्मचार्यले ३ विकेट लिँदा कविता जोशी २ विकेट लिइन् ।

अन्तिम खेलको वुमन अफ म्याच बिसिसिएको कप्तान रुविना घोषित भइन भने वुमन अफ द सिरिज पनि क्षेत्री नै भइन् । त्यस्तै उत्कृट ब्याटर बिसिसिएकी सम्झना खडका र उत्कृष्ट बलर पनि विसिसिएकी अस्मिना घोषित भइन् ।

Success

Thank you for your time.