default_image

एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले दुई वर्षे युरोपेली प्रतियोगितामा सहभागी हुन नपाउने गरि लाएको प्रतिबन्ध फिर्ता भएको छ ।

सिटीले यूईएफएको क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्लेको नियमको गम्भीर उल्लङ्घन गरेको पाइएको भन्दै यूईएफएले प्रतिबन्ध लगाएको थियो । जसकारण सिटीलाई दुई वर्ष प्रतिबन्धसँगै ३० मिलियन युरो जरिवाना समेत गरिएको थियो ।

सिटीले यस विषयलाई कोर्ट अब आर्बिट्रेसन फर स्पोर्टमा (कास) अपिलको लागि पुर्याएको थियो । कासले सोमबार छानविन टुंगिएको जनाउँदै सिटीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । यूईएफएको निर्णय उल्टिएसँगै सिटिले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछ ।

सिटीले सन् २०१२ देखि २०१६ को बिचमा क्लबलाई आएको प्रायोजन र लेखा परिक्षणबारे अनुसन्धान गर्न खोज्दा समन्वय नगरेको आरोप लागेको थियो । त्यसबेला सिटीले प्रायोजन गरेभन्दा बढी रकम लेखा परिक्षणमा राखेको आरोप लागेको थियो ।

Success

Thank you for your time.