default_image

एजेन्सी- बंगलादेशले पहिलो पटक यू१९ विश्वकप उपाधि जितेको छ । दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकप फाइनलमा बंगलादेशले आइतबार राती चार पटकको च्याम्पियन भारतलाई थकवर्थ लेविस पद्धतीको आधारमा ३ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।

भारतले प्रस्तुत गरेको १ सय ७८ रनको विजयी लक्ष्य बंगलादेशले पक्ष्याउने क्रममा ४१ ओभरमा १ सय ६३ रन बनाउन ७ विकेट गुमाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । जसको कारण डकवर्थ लेविस पद्धतीको आधारमा जितको बंगलादेशले ४६ ओभरमा १ सय ७० रन बनाउनु पर्ने भएको थियो । उक्त लक्ष्य बंगलादेशले ४२.१ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्दै च्याम्पियन बनेको हो ।

बंगलादेशको जितमा कप्तान तथा विकेटकिपर अकवर अलीले ७७ बलमा ४ चौका र १ छक्का सहित ४३ रनमा अविजित रहँदै उपाधि पक्का गरे । रकीबुल हसन ९ रनमा अविजित रहे । त्यस्तै परवेज हुसेन इमोनले ७९ बलमा ७ चौका सहित ४७ रनको योगदान दिए । बंगलादेशले उत्कृष्ट सुरुवात गरेको थियो ।

पहिलो विकेटका लागि परवेज हुसेन र तनजीद हसनले ८.५ ओभर सम्म ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । तर स्पिनर रवि विश्राइले बंगलादेशको निरन्तर विकेट लिदै २०.१ ओभरमा ८५-५ को कमजोर अवस्थामा पुर्याएका थिए । कप्तान अकबर अलीले कप्तानी इनिङ खेल्दै ऐतिहासि उपाधि पक्का गराए । भारतका स्पिनर रवि विश्रोइले १० ओभरमा ३ मेडन राखेर ३० रन खर्चिदै ४ विकेट लिए । सुशान्त मिश्रा २ र यसस्वी जैसवालले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत ४७.२ ओभरमा अल आउट हुँदै १ सय ७७ रनमा समेटिएको थियो । भारतका ओपनर यशस्वी जैसवालले १ सय २१ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ८८ रनको योगदान दिए । तिलक बर्मा ३८ र धुब्र जुरेलले २२ रन बनाउन बाहेक अन्यले राम्रो पर्दशन गर्न सकेनन् । भारतका ८ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

एक समय भारत ३९.४ ओभरमा १५६-३ को बलियो अवस्थामा थियो । तर अन्तिम ४६ बलमा २१ रन जोड्न ७ विकेट गुमाएपछि सस्तैमा समेटिन पुग्यो । बंगलादेशका अभिषेक दासले ९ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । त्यस्तै हसन सकीब र शोरफुल इस्लामले २-२ विकेट लिए ।

Success

Thank you for your time.