default_image

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) निर्वाचनमा राष्टिय खेलकुद परिषदका निवर्तमान सदस्य सचिव केशव कुमार विष्ट सचिव पदमा पराजित भएका छन् ।

कार्यसमितिमा आवश्यक ३ सचिवमा ४ जनाको उम्मेदवारी परेको थियो । जसमा जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य २५, संघिय सांसद तुल्सी थापा २१ र ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ १८ मत ल्याउँदै विजयी भए । पुर्व सदस्य सचिव विष्ट भने १७ मत प्राप्त गर्दै पराजित भएका छन् ।

त्यस्तै ७ सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको थियो । जसमा आर्चरीका रमेशप्रसाद शिवाकोटी, बक्सिङका राम अवाले, तेक्वान्दोका प्रकाश सम्शेर राणा, साइक्लिङका गोपालसुन्दर कक्षपति, गल्फका तासी घले, बास्केबलका होम दोङ, फुटबलका दीर्घबहादुर केसी विजयी हुँदा भलिबलका मनोरन्जन रमण शर्मा भने पराजित भएका छन् । अन्य पदको लागि मतगणना जारी छ ।

एनओसी महासचिवमा वर्तमान उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे पराजित भएका छन् । महासचिवमा निलेन्द्रराज श्रेष्ठले १५ मत प्राप्त गर्दै विजयी भए । लाखेले भने १२ मत पाएका थिए । अन्य पदको गणना पनि अन्तिम चरणमा पुगेको छ ।

Success

Thank you for your time.