default_image

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध समुह चरणको पहिलो खेलमा नेपालले खराब सुरुवात गरेको छ । नेपाल खेलको १४ औं मिनेटमा नै २-० ले पछाडी परेको छ ।

खेलको छैटौं मिनेटमा युसुफ नासेरले गोल गर्दै घरेलु टोली कुवेतलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमा नै किरणले लामो दुरीबाट गरेको प्रहार बचाए । पहिलो मिनेटदेखि नै दबाबमा परेको नेपालले लगातार कुवेती आक्रमण विफल बनाएको छ ।

नेपालले १४ औं मिनेटमा कर्नरमा दोस्रो गोल खाएको हो । कर्नरमा आएको बलमा गोलरक्षक किरण अगाडी बढेपछि फेद अल हाजेरीले गरेको प्रहार विक्रम लामाले गोललाइनबाट बचाउने प्रयास गरेपनि रेफ्रीले गोलको निर्णय दिए ।

खेल लाइभ हेर्न यहाँ थिच्नुहोस्

Success

Thank you for your time.