default_image

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा एसीसी यू१९ एसिया कप बिहीबारदेखि सुरु हुँदैछ । उक्त प्रतियोगिताका लागि रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोली भाद्र ७ मा त्यसतर्फ लागेको थियो ।

नेपालले शुक्रबार आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । सेप्टेम्बर ५ देखि १४ सम्म चल्ने प्रतियोगितामा समुह ‘बी’ मा नेपाल सहित दुई टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएई छन् । समुह ‘ए’ मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत छन् ।

गत अप्रिलमा मलेसियामा सम्पन्न आईसीसी यू१९ एसिया विश्वकप छनोटमा यूएईसँग डकवर्थ लेविस पद्दतीको आधारमा नेपाल १ रनले पराजित हुन पुग्यो । त्यहि हारनै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप खेल्ने सपनामा बाधक बन्यो । यो असफलता राम्रोसँग भुल्न नपाउँदै एक महिना अघि आईसीसी टि२० एसिया विश्वकप छनोटमा खराब प्रर्दशन गर्दै सिनियर टोली पनि ग्लोबल छनोटमा पुग्न नपाउँदै विश्वकप यात्राबाट बाहिरियो ।

छनोटमा सिनियर टोलीले खराब प्रर्दशन गर्दा यू१९ को उत्कृष्ट प्रर्दशनका बाबजुद विश्वकप खेल्ने सपना अधुरै रह्यो । जुन निराशा त्रिभुवन विमानस्थलमा फर्किदा खेलाडीको मनिल अनुहारमा हेरेर सहजै अनुमान गर्न सकिन्थ्यो । यी दुबै प्रतियोगितामा नेपाल सहजै छनोट हुने अनुमान गरिएको थियो । तर दुबै उल्टो हुन पुग्यो। जसको कारण खेलाडीमात्र होइन समर्थकमा निराशा छाएको छ । उक्त निराशा अन्त्य गर्न पुन एक उत्कृष्ट प्रर्दशन निकाल्नु पर्ने हुन्छ । जुन एसिया कप सावित हुन सक्छ ।

एक टेष्ट राष्ट्र र यूएईलाई हराउन सके नेपालको अघिल्लो चरणको संभावना उच्च देखिन्छ । यद्यपी अन्य टोलीको नतिजाले पनि प्रभाव पार्ने छ । यूएईसँगको खेल नेपालको लागि अझ विशेष रहने छ । यू१९ एसिया विश्वकप छनोटमा यूएईसँगको १ रनको हारकै कारण नेपाल विश्वकप खेल्न पाएन । त्यसैले नेपाललाई उक्त हारको बदलाले लिने यो राम्रो अवसर पनि हो । यूएईसँगको खेल नेपाल र टेष्ट राष्ट्र दुबैलाई निर्णायक बन्न सक्छ ।

युवा खेलाडीलाई एसिया कपको प्रर्दशन कअरिअर बदल्न सक्छ । टि२० विश्वकप एसिया छनोटमा सिनियर टोलीको प्रर्दशन सम्झन लायक छैन । उक्त खराब प्रर्दशनको कारण टोलीमा विभिन्न पोजिसन खाली छ । उक्त पोजिशनमा आफ्नो दाबेदारी प्रस्तुत गर्न एसिया कपमा उत्कृष्ट प्रर्दशन गर्न सके निकै सहज हुने छ । प्रतिस जिसी, लोकेश बहादुर बम र खड्क बोहरा पनि एसिया कपमा उत्कृष्ट प्रर्दशन गर्दै टिमका मालिक र कप्तानको मन जित्दै पहिलो पटक फ्रेन्चाइज लिग खेल्ने सोचमा छन् ।

प्रमुख खेलाडीमा बढि जिम्मेवारी

सन् २०१७ को एसिया कपमा भारतलाई निराश बनाएको नेपालले यस पटक पनि त्यस्तै नतिजा निकाल्दै सेमिफाइनलमा प्रवेश गर्ने सोच राखेको छ । भारतलाई निराश बनाउन दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रर्दशन निर्णायक बनेको थियो । सिनियर टोलीबाट प्रतिनिधित्व गरि सकेका कप्तान रोहित कुमार पौडेल,अलराउन्डर पवन सरार्फ,सन्दीप जोरा र आशिफ शेखले जिम्मेवारीका साथ उत्कृष्ट प्रर्दशन गर्न सके टेष्ट टोलीलाई हराउने सपना पुरा हुन सक्छ ।

अभ्यास खेलमा आशिफ बाहेक अन्य तीनको प्रर्दशन निराशजनक छ। शीर्ष खेलाडीको अब्बल प्रर्दशन बिना ठूला टोलीलाई हराउन कठिन पर्ने छ । त्यस्तै सिनियर टोलीमा डेब्यूको पर्खाईमा रहेका भिम सार्की,तीब्र गतिका बलर कमलसिंह ऐरी,राशिद खान,ओपनर रित गौतम,स्पिनर सागर ढकाल र अलराउन्डर कुशल मल्लको प्रर्दशनले पनि ठूलो प्रभाव पार्ने छ ।

नेपाललाई दबाब कम!

यू१९ एसिया कपमा अन्य तीन टोलीलाई भन्दा नेपाललाई दबाब कम हुने छ । नेपाललाई गुमाउनु केहि छैन । त्यसैले विना दबाबमा आफ्नो क्षमता अनुसारको उत्कृष्ट प्रर्दशन गर्दै विपक्ष्यलाई निराश बनाउन सक्नुपर्छ । दबाब र विना दबाब मैदान उत्रदा प्रर्दशनमा फरक पर्न जान्छ ।

टेष्ट टोलीमाथि नेपालले अन्तिम बल र विकेटसम्म जितको लागि लड्नुपर्छ । यूएई नेपालको स्तरको टोली हो । आगमी वर्ष हुने विश्वकपमा स्थान बनाएको यूएईलाई नेपालमाथि जित निकाल्नुपर्ने दबाब छ । त्यसैले बिना दबाबमा रहेको नेपालले उत्कृष्ट प्रर्दशन गर्न सक्नुपर्छ ।

Success

Thank you for your time.