default_image

पाेखरा (हाम्राे खेलकुद) – हाेङ्ग्वान्जी न्यु डायमन्ड र गण्डकी प्रदेश लामाचाैर तीज महाेत्सवकाे अवसरमा आयाेजित राष्ट्रिय महिला भलिबल प्रतियाेगिताकाे सेमिफाइनलमा आमनेसामने हुने भएका छन् ।

आइतबार भएकाे समूह चरणकाे खेलपछि गण्डकीले समूह ‘ए’ काे विजेता तथा डायमन्ड समूह ‘बी’ काे उपविजेता बन्दै सेमिफाइनलमा भेट पक्का गरेका हुन् । लामाचाैरस्थित इन्द्र राज्य लक्ष्मी माध्यमिक विद्यालयकाे खेल मैदानमा गण्डकीले श्री गाउँ खेलकुद विकास समिति दाङमाथि ३-१ काे सेटमा पराजित गर्दै समूह विजेता बनेकाे हाे । राेचक खेलमा गण्डकीले २५-२१, २३-२५, २५-१७ र २५-१९ काे जित निकाल्याे ।

अर्काे समुहकाे खेलमा पुलिसले डायमन्डमाथि ३-२ काे कठिन जित निकाल्याे । समुहकै खेलमा पुलिसले चितवन टाइगर्समाथि २५-२०, २५-१८ र २५-१२ काे जित निकाल्दै समूह विजेता बन्याे । पुलिस समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ । पुलिसले भोली हुने सेमिफाइनलमा श्रीगाउँसँग प्रतिस्पर्धा गर्नेछ ।

आज हुने सेमिफाइनलमा न्यु डायमन्ड र गण्डकीले प्रतिस्पर्धा गर्नेछन् । भोली एक सेमिफाइनल, तेस्रो स्थानको खेल र उपाधि भिडन्त हुनेछ ।

Success

Thank you for your time.