default_image

एजेन्सी – लिभरपुल डिफेन्डर भर्जील भान डाइकले क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीलाई पछी पार्दै यूईएफए वर्ष सर्वोत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । महिलातर्फ भने इंग्ल्यान्डकी लुसी ब्रोन्जले सर्वोत्कृष्ट महिला खेलाडी अवार्ड जितिन् ।

२७ वर्षे भान डाइन सन् २०१८ मा ७५ मिलियन पाउन्डमा लिभरपुल भित्रिएका थिए । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउनमा भान डाइकको ठूलो भुमिका रहेको थियो । सिजन अवधिभर भान डाइनले २१ क्लिन सिट राख्न समेत मद्दत गरेका थिए । उनको प्रदर्शन स्वरुप उनले पिएफएको उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए ।

सन् २०११ देखि सुरु भएको यस अवार्डमा रोनाल्डोले सबै सिजनको मनोनयनमा स्थान बनाउँदै ३ पटक उपाधि जितेका छन् । मेस्सीले भने सन् २०११ र २०१५ मा यस उपाधि जितेका थिए । गत सिजन रियल म्याड्रिडका लुका मोड्रीचले यो अवार्ड जितेका थिए । यसपटक मनोनयनमा परेका रोनाल्डो र मेस्सी दुवै लगातार दोस्रो सिजन उपाधिबाट बन्चित रहे ।

शीर्ष १० मा पर्न सफल अन्य खेलाडी:

४. एलिसन बेकर
५. साडियो माने
६. मोहमद सलाह
७. इडेन हाजार्ड
८. म्याथिस डे लिग्ट
९. फ्रानकी डे जोङ
१०. रहिम स्टरलिङ

यो पनि : मेस्सी र भान डाइक उत्कृष्ट खेलाडी

च्याम्पियन्स लिग समूह चरण ड्र : रियल म्याड्रिड र पीएसजी एकै समूहमा!

Success

Thank you for your time.