default_image

एजेन्सी – रियल म्याड्रिडका प्लेमेकर हामेस रोड्रीग्वेजले सान्टियागो बर्नाबाउमा फर्केर खेल्न पाउनु ‘विशेष क्षण’ रहेको बताएका छन् ।

झन्डै साढें २ वर्षपछि रियल म्याड्रिडका लागि सुरुवाती रोजाईमा परेका हामेसले शनिबारको खेल विशेष रहेको प्रतिक्रिया दिएका हुन् । रियल घरेलु मैदानमा भालाडोलिडसँग १-१ को बराबरीमा रोकिएको थियो । यसअघि उनले सन् २०१७ को मे महिनामा रियलका लागि खेलेका थिए । आइतबारको खेलमा उनले सुरुवाती ५७ मिनेट खेले ।

पछिल्लो दुई सिजन लोनमा बायर्न म्युनिख पुगेका उनलाई बायर्नले स्थायी अनुबन्धन गर्न नचाहेपछि हामेस रियल फर्केका हुन् । रियलले अन्य क्लबबाट प्रस्ताव आएपनि हामेसलाई म्याड्रिडमै राखेको थियो । एटलेटिको म्याड्रिड र नेपोलीले हामेसलाई अनुबन्धन गर्न तयारी गरेका थिए ।

खेलपछि ट्वीटरमा लेख्दै हामेसले भनेका छन्, ‘ लामो समयपछि बर्नाबाउ फर्केको छु । यहाँ खेल्नु निकै विशेष क्षण रहयो । समर्थकहरुलाई साथको लागि धन्यवाद । हामीले अब अझै सुधार गर्नु जरुरि छ ।’ हामेसले गत सिजन बायर्नका लागि २० खेल खेल्दै ७ गोल गरे । त्यसअघि सिजनमा उनले २३ खेलमा ७ गोल गरेका थिए ।

Success

Thank you for your time.